विशेष

कोरोनाको जोखिम बढेपछि धवलागिरि गाउँपालिकाको सेवा बन्द

म्याग्दी २२ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिकाको समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रहरु मार्फत प्रवाह हुने नियमित सेवाहरु बन्द गरिएको जनाइएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा जारी

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) आदेश जारी भएको छ । https://www.youtube.com/watch?v=o-SopWg65nQ सर्वदलिय बैठक र बेनी नगरपालिकाको सिफारिस र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको समिति समेतको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा १० दिन लकडाउन हुने

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न  बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलवार बेनीमा बसेको बैठकले सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय र बेनी नगरपालिकाको अनुरोध बमोजिम वैशाख २२... पुरा पढ्नुहोस

म्याग्दीमा १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकको सिफारिस

म्याग्दी २० वैशाख । म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकले सिफारिस गरेको छ । सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९... पुरा पढ्नुहोस

रोमानियामा मोना गठन, अध्यक्षमा कुवर चयन

म्याग्दी २० वैशाख । प्रवासमा रहेका म्याग्देलीहरु संगठित  हुनेक्रम बढेको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) मार्फत संगठित हुने क्रममा रोमानियामा रहेका म्याग्देलीहरु समेत संगठित भएका छन् । बिजय कुवरको अध्यक्षमा मोना रोमानिया गठन गरिएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा डेनिस थापा,उपाध्यक्ष हिमाल सेरपुन्जा , महासचिव अजय कुमार श्रेष्ठ, सचिब... पुरा पढ्नुहोस

मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

एसके थकाली मुस्ताङ १७ वैशाख ।  मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो... पुरा पढ्नुहोस

दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने

पाेखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति तीव्र व्यंग्य एवं आलोचना शुरु भएको छ... पुरा पढ्नुहोस

राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा पौडेल चयन

म्याग्दी १५ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा बिपिन पौडेल चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा दुर्गा रोका,प्रथम उपाध्यक्षमा किसान सुनार, दितिय उपाध्यक्षमा बिजय सुनार, महिला उपाध्यक्षमा सृजना रोका,महासचिबमा कमल पौडेल, सचिबमा... पुरा पढ्नुहोस

तातोपानी कुण्डहरु बन्द

म्याग्दी, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरको तिव्र प्रकोपले गर्दा म्याग्दीका तातोपानी कुण्डहरु स्नान कार्य बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्डहरु बन्द गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रकाशित विज्ञप्तीमा गलेश्वरधाम मन्दिर... पुरा पढ्नुहोस

पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै संसद अवरुद्ध

पोखरा । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्तावको प्रक्रियालाई अल्मल्याउन नयाँ चाल चलेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका छन् । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका... पुरा पढ्नुहोस