मल्कबाङको मुहार फेर्न कस्सीय थमबहादुर छन्त्याल

  • १८ असार २०७८, शुक्रबार
  • 1395 पटक पढिएको

बेनी १८ असार । बसाइसराइको कारण सुनसान बन्न पुगेको गाउँमा शहर पसेकाहरु फर्कर्ने अवस्था अझै बनेको छैन् । अभाब र समस्याका कारण विकट बस्तीका मानिसहरु जन्मथलो छाडेर शहर पस्ने क्रम बढीनै रहेको छ । यस्तै समस्याबाट अछुतो छैन, म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ पनि ।


भौगोलिक विकटताको कारण सुनसान जस्तै बन्दै गएको गाउँलाई पुरानै ग्रामीण चहलपहल दिने अभियानमा कस्सीनुभएको छ, थमबहादुर छन्त्याल । मल्कबाङमै जन्मिएर सेवा निवृत्त बेलायती सैनिक समेत रहनुभएका छन्त्याल गाउँमै मानिसहरुको बसोबास बढाउन, बढ्दो बसाइसराई रोक्नका लागि गाउँमै विकास अभियान चलाउने कसरतमा जुट्नुभएको छ ।


गत बर्ष मल्कबाङमा सडक सञ्जाल पुगेपछि केहि हदसम्म बसाइसराई रोकिएको छ । पर्यटन, जटिबुटी, कृषि, खानी, पशूपालनमा सम्भावनायुक्त मल्कबाङमा पुराना घरहरुलाई मर्मत गर्ने, सडक सञ्जाललाई स्तरीकरण गर्ने अभियानमा व्यक्तिगत पहलमै छन्त्याल जुट्नुभएको छ । काठमाण्डौमा घरजग्गा सम्बन्धी व्यवसायमा क्रियाशिल समेत रहनुभएका छन्त्याल कोरोना नियन्त्रणको लागि जारी लकडाउनको अवधिमा गाउँ फर्किएर आफ्नै लगानीमा सडक मर्मत समेत गर्नुभएको छ ।

झिङखानी धर्मठाँटी
झिङखानी धर्मठाँटी भवन

उहाँले गाउँमा जिर्ण अवस्थामा पुगेका स्थानीयबासीका घरहरु मर्मत सुधारको काममा समय खर्चिनुभएको छ । समाजसेवि छन्त्यालले गाउँको शिक्षा, पूर्वाधार निर्माण, संस्कृति संरक्षण लगायतका विभिन्न गतिविधिमा समेत सहयोग र सहकार्य गर्दै आउनुभएको छ । जन्मथलोलाई विकसीत, स्थानीयबासीको जिवनस्तरमा सुधार र यहाँका सम्भावनाहरुको खोजी गर्नतर्फ आफ्नो चासो रहेको समाजसेवी छन्त्याल बताउनुहुन्छ । उहाँले म्याग्दीकै रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको चौरखानी स्थित झिङखानी भुमेथानमा तिर्थयात्री र पुजारीको सहजताका लागि व्यक्तिगत लगानीमा तिर्थयात्री निवास भवन समेत निर्माण गर्नुभएको छ ।