विशेष

ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)

म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल । कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे पुरा पढ्नुहोस

सदरमुकामकै योजना अधकल्चो

म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस

वडास्तरमा वाइसीएलको संगठन बिस्तार तीव्र

  म्याग्दी ४ बैशाख । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले संगठन बिस्तार गरेकोे छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष, दिपेश बानिया सचिब र आस्था ढुङ्गााना कोषाध्यक्ष रहनुभएको वाइसीएल म्याग्दीले... पुरा पढ्नुहोस

एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो

काठमाण्डौँ, ३ बैशाख। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको भवन बनाउन मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन (भिडियो सहित)

म्याग्दी ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि गाउँपालिकाको केन्द्र मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । २३ जना जग्गाधनी मार्फत गाउँपालिकाको लागि उक्त जग्गा व्यवस्थापन गरिएको हो । https://www.youtube.com/watch?v=gwjffAkWv30&t=127s   गाउँपालिकाको भवन लगायतका पूर्वाधार बनाउन गाउँपालिकाको नाममा जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारण... पुरा पढ्नुहोस

  अन्नपुर्ण आरोहणमा पूर्णिमा श्रेष्ठले बनाईन किर्तिमानी

म्याग्दी, ३ बैशाख । नेपाली महिला पुर्णिमा श्रेष्ठले अन्नपूर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाएकी हुन् । श्रेष्ठसहितको टोलीले शुक्रबार अन्नपूर्ण हिमालको सफल आरोहण गर्दै किर्तिमानी बनाएकी हुन् । पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अँकिता र डावुटी शेर्पाले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण... पुरा पढ्नुहोस

“शिरफूले मायाँ” गितको भिडियो विमोचन

म्याग्दी, १ बैशाख । बरिष्ठ लोकदोहोरी गायीका धनकुमारी थापाको गित “शिरफूँले माया” गितको भिडियो सार्वजनिक भएको छ । नया बर्षको अवसरमा थापाले बजारमा ल्याएको “शिरफुले मायाँ” गितको भिडियो विमोचन बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले गरेकी हुन् । शिरफुले माया भाका गित जिल्लाका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो... पुरा पढ्नुहोस

सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा

म्याग्दी, २९ चैत । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रकाश सापकोटा कोषाध्यक्षमा... पुरा पढ्नुहोस

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

म्याग्दी, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो । चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी... पुरा पढ्नुहोस

बेनी पिस सिटीको अध्यक्षमा सुवर्ण रिजाल

  म्याग्दी २८ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि अध्यक्षमा सवर्ण रिजाल चयन भएका छन् । रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री, तृतीय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा नन्दकुमार पाइजा, कोषाध्यक्षमा बामदेव रिजाल रहेका... पुरा पढ्नुहोस