डेढ करोड खर्च हुदाँपनि गलेश्वर–राखु सडक उस्तै –(फोटोफिचर)
- १८ श्रावण २०७४, बुधबार
- धिरन खत्री
- 4760 पटक पढिएको
म्याग्दी,१८ साउन । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडक अवस्था दर्दनाक छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा ३ को राखु पिप्लेको गलेश्वरदेखि वडा २ को राखु भगवतीमा जाने सडकमा करोडौ रकम खर्च गरेपनि बर्खाको समयमा यात्रुलाई सास्ती पुर्ण बनेको हो ।
गलेश्वर देखि राखु भगवतीसम्मको सडकमा विभिन्न क्षेत्रबाट डेढ करोड रकम खर्च गरेपनि सडक भने सवारी चल्न नसक्ने अवस्था छ । आर्थिक बर्ष २०७३ र ७४ मा सांसद विकास कोषबाट ४० लाख, अर्थमन्त्रालयबाट १ करोड, जिल्ला समन्वय समितिबाट १५ लाख विनियोजन भएको थियो । उक्त रकम खर्च भए अनुसार सुविधा प्राप्त नहुदाँ रघंगंगाका–१, २, ३, ४ वडा लगायतका बासिन्दा चिन्तित भएका छन् । उक्त सडकको ट्रयाक निर्माण भएदेखि विभिन्न समयममा रकम विनियोजन गरेर खर्च गरेपनि सडकले स्तरोन्नती भरपर्दो नहुदा यात्रुहरुलाई जोखिम मोलेर चढ्न बाध्य छन् ।
विनियोजन भएको रकम डोजरमात्र प्रयोग गरेरमात्र खन्दा भिरालो जमिनमा भएको हुँदा हिलो धुलोमा लाखौ रकम उढेको सवार यात्रुहरु बताउछन् । यता पानीपर्दा हिलोमा यातायातका साधन फस्ने र साधनको महत्वपुर्ण सामानहरु भाचिने हुँदा महङ्गो भाडा लिन बाध्य भएको सवारी चालक उमेश आचार्यले बताए । यात्रुलाई करौडौ बजेटले महङगो सदरमुकाम बेनीको बसपार्कबाट १ घण्टामा राखु भगवती मैदान पुग्न सकिने सडकमा यात्रुले समयमै सवारी साधन पाउछन्, पाएपनि ३ सय रुपैयाँ भाडा तिर्न बाध्य हुन्छन् ।
बर्खायाममा घरपरिवारलाई भेटन विदेशबाट आएका धर्मराज कार्कीले बेलुका रातीमा ५ हजारमा रिर्जभ गर्छु भन्दापनि चालकले गाडी फसिन्छ अहिले जान नसिकिने जानकारी दिएको बताए । भोलिपल्ट विहान उहाँले घरमा जान रिर्जभ खोज्दा ४ हजार भन्दा कममा जान नसक्ने जानकारी दिएपछि त्यही रकममा जान बाध्य भएको उनले बताए ।
२०६४ सालमा गलेश्वर देखि राखुसम्म उक्त सडकको ट्रयाक खोलिएको थियो । त्यसको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेर खर्च गरेपनि रघुगंगा गाउँपालिकाका ५ ओटा वडालाई जोखिम र महङ्गी सधै भोग्नु परेको छ ।
रघुगंगा गाउँपालिको–५ ओटा वडालाई समेटेको सडकलाई समयमै दिगो रुपमा सडकको स्तरोन्नती गर्न निर्वाचित जनप्रतिनिधि र सरोकारवालाको ध्यान जान आवश्यक छ । उक्त बाटो कालोपत्रे गर्न सडक विभागका इन्जिनियरले डिपिआर तयार पारिसकेका छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l