जिल्ला बाल भेलाको तयारी पुरा
- १८ श्रावण २०७४, बुधबार
- 1653 पटक पढिएको
म्याग्दी,१८ साउन । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक बिद्यालयद्वारा आयोजना गरिएको जिल्ला बाल भेलाको तयारी पुरा भएको छ । बिद्यालय स्थापनाको २५औं वर्ष रजत जयन्ति बर्षको अबसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
वर्ष २०७४ लाइ विद्यालयले रजत जयन्ति बर्षको रुपमा मनाइरहेको छ र विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा श्रावण १९ गते देखि २१ गते सम्म जिल्ला बाल भेलाको आयोजना गरिएको हो । भेलामा कक्षा ९ र १० मा अध्ययन गर्ने जिल्ला भरिका १४५ जना छात्र र छात्रा सहभागी हुदैछन जसका लागि जिल्लाका सम्पूर्ण माध्यमिक बिद्यालयहरुलाई पत्राचार तथा टेलिफोनमार्फत पनि फलोअप समेत भेसकेको बिद्यालयका भाइस प्रिन्सीपल सरोज लाकान्द्रिले बताएका छन् ।
३ दिन सम्म संचालन हुने भेलामा सम्पूर्ण सहभागीहरुलाई खाना बस्न र टाढा टाढाका बिद्यार्थीहरुलाई आवत जावत खर्च समेत उपलब्ध गराउने बिद्यालयले जनाएको छ । त्यसैगरि आबश्यक जनशक्ति लगायत कार्य बिभाजन पुरा भैसकेको छ । श्रावन १८ गते साँझ ५ बजेबाट रजिश्ट्रेन प्रक्रिया शुरु हुने आवास ब्यबस्थापन संयोजक दिपेन राइले बताउनु भएको छ । प्रचार प्रसारको लागि एफ एमबाट सुचना सम्प्रेसन गरिएको छ । धेरै भन्दा धेरै बिद्यार्थी सहभागी हुने कुरामा हामी बिश्वस्त छौं म्यनेजिंग कोर्डिनेटर शैलेश श्रेष्ठले भन्नु भयो । तिन दिन सम्म संचालन हुने कार्यक्रममा बाल अधिकार, यौन दुब्र्यबहार, लागु औषध दुव्र्यसनी, प्रजनन स्वाथ्य, बाल इजलास, सरोकारवाला निकाय संग बाल अन्तरक्रिया, छात्राको लाइ सेनेटरी प्याड बनाउने तरिका सिकाइ, हाइकिंग खेलकुद लगायतका कार्यक्रम रहेको मिडिया हबका संयोजक कृष्ण जिसीले जानकारी गराए ।