जिसस म्याग्दीका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण (फोटो पिचर)

  • १८ श्रावण २०७४, बुधबार
  • धिरन खत्री
  • 5475 पटक पढिएको

म्याग्दी, १८ साउन । जिल्ला समन्वय समिति म्याग्दीमा निर्विरोध निर्वाचित जनप्रतिनिधिले पदभार समालेका छन् । मंगलबार निर्विरोध भएका जिसस प्रमुख देवेन्द्र बहादुर केसी र उप–प्रमुख लोकबहादुर मल्ल सहितका समितिका सदस्यहरुले सपथ ग्रहण लगतै जिल्ला समन्वय समितिमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।     

म्याग्दीमा काँग्रेस र एमालेबिच सहमती गरि राप्रपा र माओवादी केन्द्रलाई समेत समावेश गरि सर्वसम्मत रुपमा जिल्ला समन्वय समितिको गठन गरिएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत रामप्रसाद शर्माले निर्विरोध निर्वाचित जनप्रतिनिधिको नाम घोषणा गर्दै प्रमुख केसी र उपप्रमुख मल्ललाई सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा जिसस प्रमुख केसीले सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । मंगलवार जिसस सदस्यहरुमा बोमाया गर्बुजा, खिमकुमारी पुर्जा, रामदेवि पुन, सुकमाया छन्त्याल, शेरबहादुर केसी, हरिबहादुर शाक्य, मेकबहादुर गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
जिल्ला समन्वय समितिको कार्यालयमा आफ्नो पदभार ग्रहण गर्दै जिससका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका स्थानीय तहहरुबिचमा र प्रदेश र केन्द्रसंगको सम्बन्ध स्थापित गराउन समन्वयकारी भूमिका खेल्ने बताउँदै जनताको सेवा र जिल्लाको विकासलाई प्राथमिकता दिएर कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले कर्मचारीहरुलाई आत्मबल उचो बनाएर आफ्नो कार्य सम्पादन गर्न आग्रह गर्दै आफुहरुले कार्यालयका सेवा र कार्य सम्पादनमा आएका समस्याहरुलाई सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


जिल्ला हरेक क्षेत्रको विकासका लागि राज्यले दिएको अधिकार भित्र रहेर जनतालाई सुविधा दिन सबैको सहयोग महत्वपुर्ण हुने बताउँदै जनताको आवश्यकता अनुसार जिल्ला समन्वय समितिको काम प्रभावकारी बनाउन एकअर्कामा सहकार्य हुनुपर्ने बताउनुभयो ।

नवनिर्वाचित जिसस पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, उप–मेयर सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एंवम प्रतिनिधिहरु, पत्रकार र कर्मचारी लगायतको उपस्थित रहेको थियो भने पदभार लगत्तै जिससमा परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।

सो क्रममा जिससका कर्मचारीहरुले नवनिर्वाचित जिससका पदाधिकारीहरुलाई फुल मालाले स्वागत गरेका थिए । सो क्रममा जिविसका निमिक्त स्थानीय विकास अधिकारी रबिन महर्जन र सुचता अधिकृत पदम भण्डारीले कार्यालयको बारेमा जानकारी गराउनुभएको थियो ।

तस्बिरः कमल खत्री/धिरन खत्री

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l