म्याग्दी समाचार

बेग –बाँदुक जोड्ने निर्माणधिन पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । आज साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको... पुरा पढ्नुहोस

त्रिसट्ठी हजार पर्यटकले घान्द्रुक-घोडेपानीको भ्रमण गरे

म्याग्दी, २४ पौष । सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन् २०१७ मा बिरेठाटी हँुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन् २०१७... पुरा पढ्नुहोस

धौलागिरि गाउँपालीकामा लेखापाल नहुँदा भुत्तानी रोकीयो

म्याग्दी, २४ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरी गाउँपालीकाको कार्यालय करिब दुई महिनादेखि लेखापाल बिहीन भएको छ । लेखापाल नहुँदा गाउँपालीकाद्धारा सञ्चालीत विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकीएको छ । कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरी... पुरा पढ्नुहोस

काठैकाठको घर

अन्नपुर्ण– धौलागिरि सामुदायिक पदमार्ग अन्तर्गत म्याग्दीको पर्यटकिय स्थल महरेडाँडा नजिकै फुलबारीमा काठैकाठले  बनाईएको घर । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग

म्याग्दी, २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनीक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको... पुरा पढ्नुहोस

रारा अटोमोवाईल्सको महिन्द्र फ्रि सर्भीस क्याम्प सुरु

  म्याग्दी, २४ पुष । बेनीमा सोमबारदेखि महिन्द्रा कम्पनीका सवारी साधनहरुको निशूल्क सर्भीस क्याम्प सुरु भएको छ । पर्वत बेनीको रारा अटोमोवाईल्समा चार दिनसम्म चल्ने सर्भीस क्याम्पमा महिन्द्रा कम्पनीको जिप, कार, ट्याक्टरको मर्मत तथा पाटपुर्जा बिक्रीमा छुटको व्यवस्था गरिएको छ । महिन्द्रा कम्पनीको देश ब्यापी कार्यक्रम अन्तरगत सञ्चालित सर्भीस क्याम्पमा सामानमा... पुरा पढ्नुहोस

मौवाफाटमा उलन बुनाई तालिम सम्पन्न

म्याग्दी,२३ पुष । म्याग्दीको रघुगंगगा गाउँपालिका ३ मौवाफाटमा उलन बुनाई तथा डिजाईन तालिम आईतबार सम्पन्न भएको छ । प्रगतिशिल उनी बुनाई सुईटर उत्पादन समुहको आयोजनामा गरिबी निवारण संस्था डिसिआरडिसिको आर्थिक सहयोगमा एघार दिने तालिम सम्पन्न भएको हो । गरिवी निवारणको संस्थाको ४० हजार आर्थिक सहयोगमा ११ दिनसम्म संचालन भएको तालिममा... पुरा पढ्नुहोस

दिले दमाइको उपचारका लागि सहयोगको अपिल

बेनी, २३ पुष । बेनी नगरपालीका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गरेका हुन् । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत... पुरा पढ्नुहोस

मौरी व्यावसायमा वार्षिक लाखौं आम्दानी

बागलुङ, पुस २३ । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेशी मोह त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा... पुरा पढ्नुहोस

‘लिफ्ट प्रविधिले पुर्‍यायो म्याग्दी नदीको पानी खबरामा’: सिचाई आयोजनाको उद्घाटन (फोटो फिचर)

https://www.youtube.com/watch?v=27pmDPRYjSI म्याग्दी २३ पुस । म्याग्दीको बेनी नगरपालीका– २ खबरामा निर्मित ‘लिफ्ट प्रबिधि’को सिचाई आयोजना उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिचाई आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा ‘लिफ्ट प्रबिधि’ को... पुरा पढ्नुहोस