राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ४ को अध्यक्षमा म्याग्दीका शर्मा चयन
- १४ जेष्ठ २०७५, सोमबार
- 2248 पटक पढिएको
म्याग्दी, १४ जेठ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश नम्बर ४ को अध्यक्षमा म्याग्दीका खोमराज शर्मा निर्वाचित हुनुभएको छ । महासंघको प्रादेशीक संरचना निर्माणको लागि पोखरामा भएको भेलाबाट म्याग्दीको डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्माको नेतृत्वमा समिति चयन भएको हो ।
शर्मा नेत्रहिन संघ कास्कीमा समेत आबद्ध हुनुहून्छ । त्यसैगरि महासंघको महासचिबमा म्याग्दीकै सुरेन्द्र केसी निर्वाचित हुनुभएको छ । अपाङ्ग संघ म्याग्दीका सचिब समेत रहनुभएका केसी महासचिबमा चयन हुँदा सदस्यमा स्ववकालतको तर्फबाट बिजय बानियाँ र धौलागिरि गाउँपालिकाका हितमान छन्त्याल समेत चयन भएका छन् । १९ सदस्यीय समितिमा पर्वतबाट हरिदत्त शर्मा र बागलुङका धर्मराज आचार्य पनि सदस्यमा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिहरुको सार्वजनिक सेवामा सहज पहुँच विस्तार र समावेशी विकासको लागि निरन्तर पैरबी र खबरदारी कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।