म्याग्दी समाचार

मुक्तिधाम माविमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न

म्याग्दी, १९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित मुक्तिधाम माध्यमिक विद्यालयमा अन्तर मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । मुक्तिधाम मावि स्रोत केन्द्रको समन्वयमा विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा मुक्तिधाम मावि प्रथम, जनतामावि दग्नाम द्धितिय र रघुगंगा मावि पिप्ले तृतिय हुन सफल भएका छन् । विभिन्न ५... पुरा पढ्नुहोस

बेनी बजारको फोहोर ‘ओढारेमा’ व्यवस्थापन गरिने, डेढ दशकको प्रयासपछि स्थान पहिचान

म्याग्दी, १९ माघ । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालीकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती... पुरा पढ्नुहोस

“यमुना मगरले ल्याईन अधुरो कहानी बजारमा“ (भिडियो सहित)

म्याग्दी, १८ माघ । म्याग्दीको धौलागिरी गाउपालिका –२ लुलाङ्ग खोरियामा जन्मियकी नव गायिका यमुना पुन मगरले आधुनिक गीति एल्बम ‘अधुरो कहानी’ बजारमा ल्याएकी छिन्। https://www.youtube.com/watch?v=6z-96j9u9E0 दिपक राज बिस्वकर्माको सङ्गीत बिद्या प्रसाद घिमिरेको लय र यमुना मगरको स्वरमा सजियको गित लाई साउण्ड डिजाईन स्टुडियोले बजारमा ल्यायको हो। नवगायीका मगरले साँगेतिक क्षेत्रमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाद्धारा खेलाडीहरुलाई सम्मान

म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सवमा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरेको छ । विहिवार गाउँपालिका कार्यालयद्धारा आयोजित एक कार्यक्रममा म्याग्दी महोत्सवमा विभिन्न विधाको खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा आयोजित पुरुष बास्केटवल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका उपबिजेता हुन सफल समेत भएको थियो... पुरा पढ्नुहोस

के सम्भव छ ? कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ (भिडियो सहित)

https://www.youtube.com/watch?v=ewnfqAPmHeQ म्याग्दी, १८ माघ ।  म्याग्दी र कालिगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा पर्यटक आगमन बढाउन कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ गर्ने अवधारणा अघि सारिएको छ । बेनीमा सम्पन्न भएका दुई वटा महोत्सवमा परिक्षणको रुपमा कालिगण्डकी नदीमा गरिएको ¥याफ्टिङ (जलयात्रा) सफल भएपछि यसको व्यवसायिक सञ्चालनबारे छलफल हुन थालेको हो । हालै सम्पन्न... पुरा पढ्नुहोस

म्याग्दीका सामुदायिक विद्यालयहरुमा पूर्वाधार निर्माणमा रु साढे सात करोड परिचालन

  म्याग्दी, १८ माघ । जिल्ला शिक्षा कार्यालयले म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात करोड ३८ लाख ५० हजार उपलब्ध गराएको छ । नौ वटा चार कोठे, तीन वटा तीन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट... पुरा पढ्नुहोस

दग्नामका मृगौला पिडित तिलिजालाई रु १ लाख ७७ हजार बढी सहयोग

म्याग्दी, १८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाम घर भई वडा नम्बर ३ रघुघाटमा बस्दै आएका मृगौला पिडित राजकुमार तिलिजाको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले आर्थिक सहयोग संकलन गर्ने अभियानलाई तिब्र पारेका छन् । २२ बर्षका तिलिजाको दुबै मृगौला फेल भएको कारण उनको उपचारको लागि सञ्चालन गरिएको... पुरा पढ्नुहोस

आर्थिक सहायता सम्बन्धि धौलागिरी गाउँपालीकाले यस्तो बनायो कार्यबिधी !

म्याग्दी १८ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर... पुरा पढ्नुहोस

पुननिर्माणका लागि डकर्मी तालीम सञ्चालन

    म्याग्दी १७ माघ । म्याग्दीमा भुकम्प प्रभावीतको निजी आवास पुननिर्माणका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले डकर्मी तालीम सञ्चालन भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिले स्थानीय तह स्तरमा कामदारहरुलाई तालीम दिन थालेको हो । धौलागिरी गाउँपालीकामा २५ जनालाई डकर्मी तालीम प्रदान... पुरा पढ्नुहोस

सलललल कालिगण्डकीः

म्याग्दी, १७ माघ । म्याग्दी र पर्वत जिल्लाको विचमा सललल बगिरहेको कालिगण्डकी नदी । तस्विर ः धिरन खत्री पुरा पढ्नुहोस