म्याग्दी समाचार

बेनीमा पर्यटन महोत्सव आजदेखि सुरू हुँदै

म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा सुरु हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५कोतयारी पुरा भएको महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले जानकरी दिए । उनका अनुसार आज बिहान ११ बजे देखी बिरेन्द्रचोक बाट बिभिन्न जातजाती,... पुरा पढ्नुहोस

सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला

धिरन खत्री म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको... पुरा पढ्नुहोस

मुनामा पत्रकारिता र उद्घोषणकला तालिम सुरु

मुना २२ चैत ।म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबारदेखि पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सुरु भएको छ ।धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघको समन्वय र म्याग्दी मिडिया सोसाइटीले आयोजना गरेको तालिम २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा धवलागिरी गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको छ... पुरा पढ्नुहोस

नेकपाको बेनी नगरमा केसी र थापा

बेनी २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बेनी नगरपालिका र वडा कमिटिहरुको एकता प्रक्रिया सकिएको छ । नेकपा पार्टी कार्यालयमा बिहीबार भएको भेलाले शेरबहादुर केसी अध्यक्ष र राजकुमार थापा सचिव रहेकोे ५७ सदस्यीय नगर कमिटि गठन गरेको छ । केसी पूर्व माओवादी केन्द्र र थापा पूर्व एमालेका नेता हुनुहुन्छ... पुरा पढ्नुहोस

उपचारका लागि सहयोग

  बेनी २२ चैत । ओमकुमारी शान्ति कोषले धवलागिरी गाउँपालिका ७ धारापानीकी एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सरबाट थलिएर चितवनमा उपचाररत धारापानीकी ओमकुमारी उपाध्यायको उपचारका लागि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्या भएपछि कोषले दश हजार रुपैयाँ सहयोग गरेको हो । बेनीमा बिहीबार मोना हङकङका... पुरा पढ्नुहोस

विकासका लागि समुदायको सक्रियता आवश्यक–मन्त्री थापा

  सन्दिप शर्मा चिमखोला २१ चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक थममाया थापाले विकासका लागि समुदायको चासो र सक्रियताका आवश्यकता रहेको बताइन ।रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबार एकिकृत घुम्ति शिविरको उद्घाटन गर्ने मन्त्री थापाले सरकारले जतिनै बजेट, योजना र कार्यक्रम ल्याएपनि त्यसको सदुपयोग र प्रभावकारी परिचालनका लागि समुदायको सक्रियता... पुरा पढ्नुहोस

चिमखोलामा एकिकृत घुम्ति शिविर सुरु

सन्दिप शर्मा चिमखोला २१ चैत । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा कोष, जिल्ला प्रशासन कार्यालयको आयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयसम्म... पुरा पढ्नुहोस

मन्त्री थापाद्धारा पदमार्ग उद्घाटन्

  दर्मीजा २० चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका ४ दर्मीजामा निर्माण भएको पदमार्गको उद्घाटन गरिएको छ । पाँच लाख रुपैयाँको लागतमा निर्माण भएको पदमार्गको एकिकृत घुम्ति शिविरको शिलशिलामा चिमखोला जाने क्रममा बुधबार मन्त्री थापाले उद्घाटन गरेकी हुन् । पदमार्ग उद्घाटनपछि मन्त्री थापाले दग्नाम, दर्मीजा,... पुरा पढ्नुहोस

फोनिज म्याग्दीको प्रथम जिल्ला भेला

बेनी, २० चैत । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला गरेका हुन् । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरेको छ । संयोजक राम्जाली मगर सहित समितीको सदस्यहरुमा... पुरा पढ्नुहोस

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न

म्याग्दी, २० चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बेनी नगरपालिका स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगितामा माउण्ट एभरेष्ट आवासिय माविकी रक्षा सुवेदी प्रथम, गलेश्वर आदर्श... पुरा पढ्नुहोस