जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग

  • १३ बैशाख २०७६, शुक्रबार
  • 1731 पटक पढिएको

म्याग्दी १३ वैशाख । बेनीका एक व्यवसायिले आफ्नो जन्मदिनमा रु २२ हजार बढी सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका सुविन श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा म्याग्दी बालगृह र बालमन्दिर आधारभुत विद्यालय कालिपुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

उहाँले बालगृहका ११ जना बालबालिकाहरुलाई रु ६ हजार २ सय ५० रुपैयाँ र बामन्दिर विद्यालयका ५ जनालाई रु ६ हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।

उहाँले जन्मदिनको अवसरमा म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा रु १० हजार ३८ रुपैयाँ सहयोग समेत गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटौती गरि सामाजिक क्षेत्रमा सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।