बंगुरपालन तालिम सम्पन्न

  • १५ बैशाख २०७६, आईतवार
  • 1727 पटक पढिएको

 

बेनी १५ बैशाख । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार व्यवसायिक बंगुरपालन तालिम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा मालिका र धवलागिरी गाउँपालिकाका ३० जना कृषकहरुको सहभागिता थियो ।


तालिमको केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्य, पशु सेवा प्राबिधिक सुभास रेग्मी, नायव पशु स्वास्थ्य प्राबिधिक प्रकाश परियार र खगेन्द्र विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।तालिमको समापनका क्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले व्यवसायिक रुपमा अघि बढ्न कृषकहरुलाई आग्रह गर्नुभयो ।