समाजसेवी चन्द्रकुमार केसी सम्मानीत

  • १३ बैशाख २०७६, शुक्रबार
  • 2239 पटक पढिएको


म्याग्दी, १३ बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल चन्द्रकुमार केसी सम्मानीत भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि १ नेपालको सातौ बार्षिक अधिवेशनबाट समाजसेवी केसी सम्मानीत भएका हुन् । सामाजिक क्षेत्रमा गरेको योगदानलाई उच्च मूल्याकंन गर्दै केसीलाई लायन्सले अन्तराष्ट्रिय मेडल र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।


केसीले ९ महिनाको बच्चा शियानालाई बचाउन कलेजो दान गरेका थिए । भने म्याग्दीमा लायन्ससंस्था जन्माउने, गरिव विपन्न परिवारको उपचार लागि ओमकुमारी शान्ती कोष स्थापना लगायतको धेरै क्षेत्रमा गरेको योगदानलाई उच्च मुल्याकंन गर्दै केसीलाई लायन्सले विशेष कार्यक्तम विच सम्मान गरेका थियो ।
म्याग्दीको सदरमुकाम बेनी निवासी केसी विभिन्न संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् ।