बेनी–जोमसोम सडक स्तोरोन्नतीमा ढिलासुस्ती
- १३ बैशाख २०७६, शुक्रबार
- 2465 पटक पढिएको
धिरन खत्री,
म्याग्दी, १३ बैशाख । पर्यटकिय र ब्यापारिक केन्द्रको प्रचुर सम्भावना भएको मुस्ताङमा कालिगण्डकी करिडोर अन्तर्गत बेनी– जोमसोम सडक आयोजना निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ। प्रदेश ४ को “लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी कोरीडोर सडक योजनामा निर्माण काम भईरहेपनि पुर्वाधार निर्माणमा ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने देखिएको हो ।
करिडोर पाँच अर्ब रुपैयाको लागतमा म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम हुदै चिनको सिमाना कोरला नाका जोड्ने १८६ किलोमिटर दुरीको सडक स्तरोन्नतीको काम भइरहेको छ ।
गण्डकी प्रदेशको गौरवको आयोजना २०७७ मंसिरसम्म सम्पन्न गर्नुपर्ने बेनी जोमसोम सडक अन्तर्गत गलेश्वर देखि नारच्याङका सडक निर्माणको ठेक्का लिएको युनाईटेड विल्डरले ४२ प्रतिशत काम सम्पन्न गरेको साइर्ड प्रमुख बलराम अर्यालले जानकारी दिए ।
अर्यालले २२ महिनाभित्र काम सम्पन्न गर्न सडक निर्माणमा आवश्यक मेशिनरी साधनहरु प्रयाप्त मात्रामा प्रयोग गरेको जानकारी दिएपनि श्रमिक जनशक्ति कम प्रयोग र सहज क्षेत्रमा पुर्वाधार निर्माणको कामले मात्र समयमा काम सम्पन्न नहुने देखिन्छ ।
जोमसोम देखि कोरला सम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७७ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ । ११ वटा खण्डमा बिभाजन गरिएको सडक योजनामा परिचालीत निर्माण कम्पनीले मोटरेपुल निर्माण लगायतको पुर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन् । सडक निर्माणमा गुणस्तर भन्दापनि जथाभावि मेसिनरी सामानहरु प्रयोग गरेर कमाउने शैली मात्र देखिन्छ । श्रमिकसंख्या न्युन परिचालन गरेर समयमा करिडोर सम्पन्न नहुने स्थानीय सरकारले बताउछन् ।
कालीगण्डकी कोरिडोर सडकको स्तरोन्नती समयमा सम्पन्न गरेर प्रदेशको समृद्धिको यात्रालाई टेवा पूग्ने आश गरिएपनि ठेकेदारको बेवास्ता, प्रयाप्त बजेट र भौगोलिक बनावटमा कामदारको न्युन संख्याले कालिगण्डकी कोरीडोर सडक योजना समयमा सम्पन्न नहुने देखिन्छ ।