झाँक्रीपानीमा मंगलाका जनप्रतिनिधि र कर्मचारीको तालिम

  • १५ बैशाख २०७६, आईतवार
  • 1243 पटक पढिएको

सिजन रोका,
झाँक्रीपानी १५ बैशाख । मंगला गाउँपालिका ३ मा रहेको पर्यटकीय स्थल झाँक्रीपानिमा शनिबारदेखि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा मंगला गाउँपालिकाका ५२ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको छ । जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास संगै ओझेलमा परेको पर्यटकीय स्थलको सम्भावना उजागर र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गाउँपालिकाको केन्द्र बाहिर ग्रामिण क्षेत्रमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्नुहुदै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले झाँक्रीपानी लगायत ओझेलमा परेका पर्यटकीय स्थलको प्रर्वद्धन र विकासमा जोड दिइएको बताउनुहुदै त्यसैका लागि बजार बाहिर तालिम सञ्चालन भएको बताउनुभयो ।

मंगला ३ का वडा अध्यक्ष कबिन्द्र रोकाको अध्यक्षता, शिक्षा शाखाका प्रमुख डेगबहादुर बानियाको सञ्चालनमा सम्पन्न भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

तालिमका प्रजिअ लीलाधर अधिकारी, कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटा, लोक सेवा आयोग बागलुङका प्रमुख, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, सचिव गोरखनाथ सुवेदी, म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक गोरखबहादुर जिसी र गरिमा विकास बैंक बाबियाचौर शाखाका प्रमुख सुर्य रानाभाटले सहजिकरण गर्नुहुने जनाइएको छ ।