म्याग्दी समाचार

ताकमकोत पुग्ने पदमार्ग निर्माण

बेनी १ साउन । धवलागिरी गाउँपालिका–७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण भएको हो । ताकम घनाबस्ती विकास... पुरा पढ्नुहोस

कृषिको बजेट परिचालन न्युन

सन्तोष गौतम बेनी ३१ असार । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ ।संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको हो । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच... पुरा पढ्नुहोस

पौडेललाई उत्कृष्ट प्रहरीको सम्मान

बेनी ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेलले असार महिनाको उत्कृष्ट प्रहरीको सम्मान सहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार पौडेललाई “बेष्ट पुलिस अफ द मन्थ”को सम्मान सहित पुरस्कृत गरेको हो । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले पौडेललाई सम्मानपत्र प्रदान गरेका... पुरा पढ्नुहोस

नगरपालिकालाई नयाँ भवन हस्तान्तरण

  बेनी ३१ असार । तत्कालीन जिल्ला भु–संरक्षण कार्यालयका लागि निर्माण भएको भवन सोमबार बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।२०७४ असार ५ गतेदेखि सुरु भएको भवन निर्माणकै क्रममा आर्थिक वर्ष २०७५/७६ देखि कार्यालय खारेज भएको थियो । जसको लागि बनाइएको भवन हो सो कार्यालय नभएपछि आवश्यकताका आधारमा नगरपालिकाले प्रयोग गर्ने... पुरा पढ्नुहोस

पुननिर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न

  म्याग्दी, ३१ असार । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीको आयोजनामा सोमबार बेनीमा पुननिर्माण सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जिल्ला आयोजना प्रमुख शिवराम गेलालले २०७२ बैशाखको भुकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरि पहिलो किस्ता अनुदान लगेका मध्य हालसम्म ३२६ जनाले आवास... पुरा पढ्नुहोस

ओढारमा बस्दै आएका पुर्जालाई घर बनाउने तयारी, दाजुभाईले पाए नागरिकता ( भिडियो सहित)

https://www.youtube.com/watch?v=_3mrTNUUsOU कमल खत्री म्याग्दी ३० असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ्गमा बिगत एक महिनादेखि ओढारमा रात कटाउँदै आएका सुकुम्बासी हिराबहादुर पुर्जा र उनको दाईको लागि आवास बनाउने तयारी गरिएको छ । करिब ५ दशक देखि तिप्ल्याङ्ग क्षेत्रमा बसोबास गर्दै आएका ६६ बर्षिय हिराबहादुर गत जेठदेखि गाउँमाथि रहेको भिरको ओढारमा बस्दै... पुरा पढ्नुहोस

म्याग्देली चेली अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिदै

  बेनी २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाएकी छिन् । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी गर्बुजा यसै महिना फिलीपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागि हुन लागेकी हुन् । नेपालको... पुरा पढ्नुहोस

भानु जयन्तीको अवसरमा युवा लेखक घायलश्रीलाई सम्मान

म्याग्दी, २९ असार । २०६ औं भानुजयन्तीको अवसरमा म्याग्दी साहित्य संचारले आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । सो अवसरमा संचारका सस्थापक अध्यक्ष एवम् साहित्यकार लोकनाथ भुषाल घायलश्रीलाई सम्मान तथा रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा... पुरा पढ्नुहोस

बरंजामा सार्वजनिक सुनुवाई (तस्बिर सहित)

बरंजा २९ असार । मंगला गाउँपालिकाको बरंजामा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजिकरणमा सम्पन्न कार्यक्रममा... पुरा पढ्नुहोस

बेनी पिस सिटीद्धारा उपचारका लागि कृष्ण घिमिरेलाई २५ हजार आर्थिक सहयोग

म्याग्दी, २८ असार । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ का कृष्ण घिमिरेलाई उपचारका लागि २५ हजार ५५५ रुपैया आर्थिक सहयोग गरेको छ। शारिरिक रुपमा अपाङ्ग भएका घिमिरे लामो समय देखि ह्वील चियरको सहयातामा रहेका छन् । उनको शरिरमा देखिएको समस्यको थप उपचारका लागि कल्वले आर्थिक सहयोग... पुरा पढ्नुहोस