म्याग्दी समाचार

बैंक किस्ता, विमा समय अवधि थप र पार्किङ शुल्क छुट गर्न ट्याक्सी ब्यवसायीको माग

म्याग्दी,२२ असार । ट्याक्सी ब्यवसायी म्याग्दीले लगडाउन अवधीको बैंक किस्ता, विमा समय अवधि थप र नगरपालिकाको पार्किङ शुल्क छुटको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।  नेपाल सरकारको गृह मन्त्रालयलाई अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई काली गण्डकी यातायात प्रालीका अध्यक्ष भोजबहादुर थापा र बेनी यातायात प्रालीका टिकाप्रसाद... पुरा पढ्नुहोस

साइप्रसमा मोना गठन, अध्यक्षमा लोकराज रोकामगर

म्याग्दी, २२ असार । साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) गठन गरिएको छ । लोकराज रोकामगरको अध्यक्षतामा गठन भएको मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सह–कोषाध्यक्षमा बालकुमारी पुर्जा रहेका छन् । सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती,... पुरा पढ्नुहोस

आवास बिहिन आरबाङका रोका परिवारको लागि घर निर्माण

  म्याग्दी २२ असार । धवलागिरी गाउपालिका–६ मराङको आरबाङमा आवास बिहिन एक परिवारको लागि घर निर्माण गरिएको छ । धवलागिरी गाउपालिकाको आवास बिहिन जनतासँग वडा अध्यक्ष कार्यक्रम मार्फत तुलबहादुर रोकालाई चर्पी र दुई कोठे घर बनाएर हस्तान्तरण गरिएको हो । गाउपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट भूकम्प प्रतिरोधी क्षमताको... पुरा पढ्नुहोस

राखु भगवतीका अमर बहादुर केसीद्धारा एकमहिनाको घरभाडा छुट

म्याग्दी, २२ असार । रघुगंगा गाउँपालिका– २ राखु भगवतीका अमरबहादुर केसीले बेनीबजार गणेशटोलमा रहेको घरमा ब्यवसाय र कोठाभाडामा बस्नेलाई एकमहिनाको घरभाडा छुट दिएका छन् । कोरोनाको जोखिम न्युनीकरणका लागि गरिएको बन्दाबन्दीको अवधिमा केसीले ब्यवसायी र कोठाभाडामा बस्नेलाई सहजताका लागि सटरभाडासहित रु ५५ हजार रुपैयाँ घरभाडा छुट दिएका हुन् । घरभाडा... पुरा पढ्नुहोस

स्थानीय तहको बार्षिक प्रगति समिक्षा

  म्याग्दी, २२ असार । म्याग्दीका ६ स्थानीय तहको बार्षिक प्रगति समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति आयोजनामा जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल लगायतको उपस्थितमा आईतबार पालिकाको बार्षिक प्रगतिको समिक्षा गरिएको हो । बजेट कार्यान्वयन सन्तोषजनक भएपनि बजेट टुक्रे योजनामा सिमित हुदाँ दिगो पुर्वाधारको लक्ष पुरा नहुने सरोकारहरुले चिन्ता... पुरा पढ्नुहोस

म्याग्दीमा पाँच जनाले कोरोना जितेर घर फर्किए, तीन जना कोरना संक्रमित थपिए

  म्याग्दी, २० असार । जिल्लामा पाँच जनाले कोरोना जिते घर फर्किएका छन् भने तीन जना नयाँ संक्रमित थपिएका छन् । बेनीको आइसोलेशनमा रहेका चार जना पुरुष र एक जना महिलाको दोस्रो पिसिआर नमुनाको नतिजा कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेशनमा रहेका २ जना पुरुष र एक जना... पुरा पढ्नुहोस

ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

  म्याग्दी २० असार । जिल्लाको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन... पुरा पढ्नुहोस

देउपुर्णमा ब्यवस्थीत शान्ते खेलकुद मैदान निर्माण

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु देउपुर्णमा ब्यवस्थित शान्ते खेलकुद मैदान निर्माण गरिएको छ । प्रदेश सांसद विनोद केसीले निर्वाचन पुर्वाधार विकास क्षेत्र अन्तरगत सांसद कोषबाट विनियोजित बजेट र स्थानीयको जनश्रमदान मार्फत ब्यवस्थित रुपमा पर्खालसहितको घेराबार निर्माण गरेर खेलकुद मैदान निर्माण गरिएको हो । सांसद केसीद्धारा विनियोजित १०... पुरा पढ्नुहोस

धुविचौर बस्ती पहिरोको जोखिममा

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलमा रहेको धुविचौर बस्तीमा ४ घर पहिरोको उच्च जोखिममा परेको छ । विकास निर्माणमासंगै रिटनिङ पर्खाल नलगाउदाँ र अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा धुविचौरको बस्ती जोखिममा परेको हो । धुवीचौरका स्थानीय बासी अविनाश शिलाधरले पहिरोको उच्च जोखिममा तत्काल... पुरा पढ्नुहोस

प्रदेशको पर्यटन गुरुयोजना निर्माण गर्न जिल्लास्तरको छलफल

  म्याग्दी, १८ असार । गण्डकी प्रदेशको पर्यटन गुरुयोजना नक्सा निर्माणका लागि बेनीमा दोस्रो जिल्लास्तरको छलफल गोष्ठि गरिएको छ । म्याग्दी, बागलुङ र मुस्ताङका जिसस प्रमुख, स्थानीय तहका प्रमुख र पर्यटन ब्यवसायिहरुको उपस्थितमा प्रदेशको गुरुयोजना निर्माणसम्वन्धी छलफल भएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखराले प्रदेशको... पुरा पढ्नुहोस