म्याग्दी समाचार

ट्राफिक प्रहरीलाई लायन्स क्लब बेनी पिस सिटीको सहयोग

म्याग्दी १५ असार । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्ला ट्राफिक कार्यालयलाई एन ९५ मास्क, ग्लोस्स र सेनिटाइजर सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिकलाई क्लवका पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालका बर्ष २०२०–२१ का रिजन चियरपर्सन लोकेश पुन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाले सलह किरा ल्याउनेलाई नगद पुरस्कार दिने

म्याग्दी, १५ असार । भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई नगद पुरस्कार दिने निर्णय सार्वजनिक गरेको छ । किसानको बाली जोगाउन सलह किरा टिपेर ल्याउने पुरस्कार स्वरुप प्रतिकिलो रु १५ दिने निर्णय गरेको हो । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा... पुरा पढ्नुहोस

सडकको बाढी नियन्त्रण नहुँदा राहुघाटबस्ती जोखिममा (तस्विर सहित )

म्याग्दी, १५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाट बस्ती बाढीको चपेटामा परेको छ । गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक स्तरोन्नती योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको हो । गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडकहुदैँ जम्मा... पुरा पढ्नुहोस

बेनी – अर्थुङ्गे सडक अन्तरगत आपा रुखमा हिलाम्मे, जनतालाई सधै सास्ती

म्याग्दी, १५ असार । बेनी नगरपालिकाको बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत आपा रुखमा हिउँद बर्ख पानी परेपछि हिलाम्मे हुदाँ सवारीसाधन र जनताले सधै सास्ती भोग्दै आएका छन् । बेनीदेखि जाने जीप, मोटरसाईकल, ट्याक्टर र पैदलयात्रामा हिड्ने जनताले आवातजावतमा सास्ती भोग्दै आएका हुन् । ट्रयाक खुलेको २७ बर्ष पुगेको बेनी अर्थुङ्गे सडकको सास्तीप्रति... पुरा पढ्नुहोस

सुरक्षा मापदण्ड कार्यान्वयन गर्न प्रहरीद्धारा बेनीबजार अनुगमन

म्याग्दी, १५ असार । लकडाउन (बन्दाबन्दी) खुकुलो गर्ने नेपाल सरकारको निर्णयसँगै व्यापार व्यवसाय र व्यक्तिगत हिँडडुलबाट सम्भावित समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बजार अनुगमनलाई तिब्रता दिएको छ । प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको नेतृत्वमा प्रहरीबाट बेनीबजारका करिब ३५० वटा पसल, व्यवसाय... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोर सवस्टेशन लगाईएको ताला खुलाउने सहमती

म्याग्दी, १४ असार । म्याग्दीको अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको कालीगण्डकी प्रसारण कोरीडोर सबस्टेशनमा  लगाइएको ताला खोल्ने सहमति भएको छ । आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाई नहुदाँ असार १० गते सबस्टेशनको प्रवेशद्धारमा स्थानीयले तालाबन्दी गरेका थिए । आईतबार जिल्ला प्रशाशन कार्यालय एवं मुआब्जा निर्धारण समितिका... पुरा पढ्नुहोस

म्याग्दीमा थप दुई जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १६ पुग्यो

म्याग्दी, १४ असार । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये धवलागिरी गाउँपालिका–६ की ४० बर्षिय महिला र बेनपा ३ की ३० बर्षिय महिला रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमख एकनारायण लम्सालले... पुरा पढ्नुहोस

३ जनाले कोरोना जितेर घर फर्किए

  म्याग्दी, १४ असार । म्याग्दीमा ३ जनाले कोरोना जितेर घर फर्किएका छन् । बेनीस्थित आईसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोट नेगेटिभ आएपछि जसमध्ये आईतबार विहान ३ जनालाई खुल्लामञ्चको आईसोलेसन कक्षबाट घर पठाइएको हो । आइसोलेसनमा रहेका मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा... पुरा पढ्नुहोस

शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि : कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुग्यो

  म्याग्दी, ११२ असार । शुक्रबार विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी,... पुरा पढ्नुहोस

बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक

म्याग्दी, १२ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुलाई टोल... पुरा पढ्नुहोस