म्याग्दी समाचार

म्याग्दीका दुई स्थानीय तहमा जौ र आलु विकास कार्यक्रम सुरु

म्याग्दी ४ फागुन । म्याग्दीका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–५ झिँ र ६ नं वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिका–६ को दिच्याम र ७ नं वडाको बिममा आलु ब्लक सुरु गरिएको हो ।... पुरा पढ्नुहोस

म्याग्दीका महावीर पुनलाई ‘गण्डकी रत्न’बाट विभूषित गरिने

म्याग्दी ४ फागुन । गण्डकी प्रदेश सरकारले शुरुवात गरेको ‘गण्डकी रत्न’बाट म्याग्दीका महावीर पुनलाई विभूषित गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरेको हो। प्रेदेश स्थापना दिनको अवसरमा गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थमन्त्री कुमार खड्काले विभूषित व्यक्तिको नाम... पुरा पढ्नुहोस

बेनी बजारको सडकमा गरिएको एकतर्फी यातायात दुई महिनामै स्थगीत हुँदै

म्याग्दी ३ फागुन। म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका दुई महिनामै पछि हटेको छ । बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले सुरक्षा निकायको अनुरोधमा गत पुस १ गतेदेखि एकतर्फी यातायात सुचारु गरिएको थियो । एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको भन्दै न्यूरोड क्षेत्रका... पुरा पढ्नुहोस

उज्यालो बैकल्पिक विद्यालयमा म्याग्दी जेसीजको आर्थिक सहयोग

बेनी, ३ फागुन । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि विविध कारणले विद्यालय गई औपचारिक शिक्षा हासिल गर्न नपाउनु भएका महिला दिदी बहिनी, आमाहरुले उज्यालो बैकल्पिक विद्यालय बेनीमा म्याग्दी जेसीजले आर्थिक सहयोग गरेको छ । म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमबाट... पुरा पढ्नुहोस

दलित अधिकारकर्मी किसान मुटुरोगबाट ग्रसितः उपचारमा आर्थिक अभाव

फागुन ३ म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ । सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि... पुरा पढ्नुहोस

बजेट अभावले रानी पौवा बृहत खानेपानी आयोजना अलपत्र

म्याग्दी, ३ फागुन । रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत खानेपानी आयोजना चारबर्षदेखि बजेट अभावले अलपत्र परेको छ । रानीपौवामा चारबर्ष अघि एक घर एक धारा कार्यक्रम अनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीलाई सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा... पुरा पढ्नुहोस

निर्वाचन लक्षित राजनीतिक दलहरूमा दौडधुप सुरु

म्याग्दी, २ फागुन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा दौडधुप सुरु भएको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम गरेका छन् । वडा, पालिका र... पुरा पढ्नुहोस

लघुजलविद्युत पुननिर्माण भएपछि लुलाङमा करिब साढे पाँच महिनापछि बल्यो विजुली

म्याग्दी १ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बाढीले बगाएको लघुजलविद्युत परियोजना करिब साढे ५ महिनापछि पुननिर्माण भएको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो ।  गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख... पुरा पढ्नुहोस

रघुगंगा नदिमा दुई जलविद्युत् आयोजना निर्माणको काम धमाधम

म्याग्दी,  १ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने रघुगंगा नदीमा एकैसाथ दुईवटा जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८ दमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईवटै... पुरा पढ्नुहोस

सुदिप स्मृति कोषको विविध कार्यक्रम

बेनी, १ फागुन । सुदिप रावल स्मृति कोषले आइतबार १३ औ स्मृति दिवस अवसरमा विविधि कार्यक्रम गरी मनाएको छ । गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत, आगलागी पीडित र यूवा क्लवलाई खेलकुद साम्रागी वितरण गरेको हो । जिल्ला प्रथम... पुरा पढ्नुहोस