मुनामा आयुर्वेद स्वास्थ्य शिविर
- २९ फाल्गुन २०७८, आईतवार
- 965 पटक पढिएको
म्याग्दी २९ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइएको उहाँले बताउनुभयो ।
