बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • २९ फाल्गुन २०७८, आईतवार
  • 899 पटक पढिएको

म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिड्सको सहयोगमा संरक्षक समाज म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको उक्त शिविरमा ५० जनाले सेवा लिएका छन् । बेनी अस्पताल परिसरमा आयोजित उक्त शिविरमा मानसिक रोगका विरामीहरुको स्वास्थ्य परिक्षण संगै औषधी वितरण समेत गरिएको थियो ।

शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर राजन घिमिरे लगायतले स्वास्थ्य उपचार सेवा प्रदान गर्नुभएको थियो छ । उक्त शिविर फागुन २७ गते बागलुङमा समेत सञ्चालन भएको थियो । समयमै उपचार गराउन नसकेका र नियमित रुपमा औषधी उपचार गर्दै आएका विरामीहरुलाई लक्षित गरि शिविर सञ्चालन गरिएको लिड्स नेपालका म्याग्दी जिल्ला संयोजक निशा महतले जानकारी दिनुभयो ।