म्याग्दी समाचार

बेगमा माओवादी केन्द्रको संगठन पुनर्गठन

म्याग्दी १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेकपा माओवादी केन्द्रको वडा कमिटी पुनर्गठन गरिएको छ । बेगमा आयोजित अगुवा कार्यकर्ताहरुको भेलाले बालकुमार गर्वुजाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको भविन्द्र शेरपुञ्जाले जानकारी दिनुभयो । भेलाले पार्टी कमिटी पुर्नगठन संगै संगठन विस्तारको कार्ययोजना समेत निर्माण गरेको छ । नेकपा... पुरा पढ्नुहोस

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी १९ चैत । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो... पुरा पढ्नुहोस

गुमेको ज्योति फर्किएपछिको खुसी -आलेख (भिडियाे सहित)

धिरन खत्री बेनी, १८ चैत । धवलागिरि गाउँपालिका–७ ताकमका ८५ बर्षिय धनबहादुर विकले विगत ४ बर्षदेखि राम्रोसंग आँखा देख्न छाड्नुभएको थियो । बुढयौली लागेसंगै आँखामा समस्या आएपछि हिँडडुल गर्न आफन्तको साहरा लिदै आउनुभएका विकको आँखाको ज्योति फर्किएसंगै उहाँको गुमेको खुसी पनि फर्किएको छ । ‘‘ चार बर्षदेखि दाइने आँखाले मेसो... पुरा पढ्नुहोस

नारच्याङमा १२ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्यूत आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै कन्ट्याक ट्रेसिङमा परेकाहरु रहेको स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । आयोजनामा कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रसिङमा परेका ७६ जनाकै नमुना संकलन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष र काँग्रेस जिल्ला सदस्य भण्डारीद्धयलाई मातृशोक

म्याग्दी १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई मातृशोक परेको छ । नेपाली काँग्रेस म्याग्दीका नेता समेत रहनुभएका भबहादुर र काँग्रेस जिल्ला कार्य समितिका सदस्य केवि भण्डारीकी आमा नैनकला भण्डारीको ८६ बर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्याको उपचार पश्चात घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी भण्डारीको मंगलवार राती निधन... पुरा पढ्नुहोस

बेनीमा ६८ जनाको मोतिविन्दु शल्यक्रिया (तस्बिर र भिडियो )

धिरन खत्री म्याग्दी १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जनाले उपचार गराएका छन् । ग्रामीण भेगमा मोतिविन्दुका कारण आँखा नदेख्ने अवस्थामा पुगेका विरामीहरुलाई लक्षित गरि सञ्चालन गरिएका आँखा जाँच शिविरबाट पहिचान भएका विरामीहरुको उपचारका लागि बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=S1l8aJH5E5k&t=4s... पुरा पढ्नुहोस

बेनी– जोमसोम सडकमा थप दुई दिन सिधा यातायात बन्द

म्याग्दी, १७ चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४... पुरा पढ्नुहोस

वायु प्रदुषणले शैक्षिक संस्था चार दिनसम्म बन्द

  म्याग्दी, १६ चैत । केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था... पुरा पढ्नुहोस

स्वर्गीय घिमिरेको परिवारलाई आर्थिक सहयोग

थम्मन थापा बागलुङ १६ चैत । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले बेनी नगरपालिका २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा... पुरा पढ्नुहोस

बागलुङ घटनाका दोषीलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौं १६ चैत  ।  नेपाली काँग्रेसले बागलुङको घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विहान विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन् ।बागलुङको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा नै विवाद हुँदा दुई... पुरा पढ्नुहोस