तीन महिने सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न

  • २९ फाल्गुन २०७८, आईतवार
  • 920 पटक पढिएको

म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम सुरु भएको थियो ।


आईतबार वडा कार्यालयमा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडाअध्यक्ष रिमबहादुर कटुवाल लगायतको उपस्थितमा तालिममा सहभागिलाइ प्रमाणपत्रसहित, कैची, मेसिन र आईरन उपलब्ध गराएको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । हिराकुमारी मल्लले प्रशिक्षक प्रदान गर्नुभएको तीन महिने सिलाई कटाई तालिममा २६ जनाको सहभागिता रहेको थियो ।


तािलमा सहभागिलाई गाउँपालिका उपाध्यक्ष तिलिजाले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । उहाँले सिकेको सीपलाई गुणस्तरीय बनाइ व्यवसाय गर्न चाहेका महिलालाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले सिकेको सीपलाई कार्यान्वयनमा ल्याइ आर्थिक उपार्जनमा जोड्न सुझाव दिनुभएको थियो । गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैया बजेटबाट तालिम आयोजना भएको थियो । तालिममा सहभागि हुनु मात्र ठूलो कुरा नहुने भन्दै कार्यक्रमको अध्यक्ष समेत रहनुभएका वडाअध्यक्ष रिमबहादुर कटुवालले सिकेका ज्ञान सिपको सदुपयोग गर्दै जीवनलाई रुपान्तरण गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । शाखा प्रमुख सुवेदीले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमले सहयोग पु¥याउने भन्नुभयो ।


उधम विकासकी सहजकर्ता धर्माकुमारी थापाको संचालनमा भएको कार्यक्रममा लेखा अधिकृत खगराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाको आयोजनामा मौवाफाँटमा संचालन गरिएको ब्यावसायिक च्याउ तथा लहरेखेती सम्वन्धी तालिमपनि आईतबार सम्पन्न भएको छ । १४ दिनसम्म संचालन भएको तालिममा १६ जनाको सहभागिता थियो । तालिममा सहभागि कृषकलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले टनेल र ड्रम वितरण लगायतको सामाग्री वितरण गर्नुभएको थियो ।