म्याग्दी समाचार

ब्यावसायिक केरा खेतीबाट आम्दानी सुरु

म्याग्दी, २८ माघ । म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु ब्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । कोरोना महामारीपछि युवाहरु बैदेशिक लगायतको रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ। युवाहरुले निर्वाहमुखी खेती हुने जग्गामा लगानी गरेर सुन्तला, केरा, किवी संगै तरकारी र पशुपालनमा कुखुरा,... पुरा पढ्नुहोस

बेनी अस्पतालको अध्यक्षमा सुवेदी

म्याग्दी, २७ माघ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६ अथुङ्गेका सुवेदीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो । सुवेदी नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको सचिव हुनुहुन्छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस, एकीकृत समाजबादीसहित सत्ता गठबन्धबाट, नगरपालिका मेयर र... पुरा पढ्नुहोस

नदीको कटानबाट बेनीबजारलाइ जोगाउन तटबन्धको काम सुरु

  म्याग्दी २६ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार... पुरा पढ्नुहोस

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

म्याग्दी २५ माघ । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना भाइरस महामारीका कारण... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको कटानले पक्की पुलको पिल्लर जोखिममा

बेनी, २५ माघ । म्याग्दी र पर्वत जोड्ने कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । बेनी नगरपालिका– ८ कालिपुलस्थित मोटरेपुल पुलको पिलर कालीगण्डकी नदीको निरन्तर कटानले पिल्लर कमजोर बन्दै गएको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् ।... पुरा पढ्नुहोस

गलेश्वरमा सुविधा सम्पन्न होटल ‘ताज महल’ संचालनमा

म्याग्दी, २४ माघ । २५ बर्ष अघि कामको खोजीमा कांभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल संचालन गरेका छन् । बेनी– जोमसोम सडक अन्तरगत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटल ताज महल लज एण्ड रेष्टुरेण्ट संचालनमा छ। ४० बर्षिय श्रेष्ठले मेहनतको... पुरा पढ्नुहोस

म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले... पुरा पढ्नुहोस

भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी, २४ माघ । रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । भगवतिस्थित सिरसिरडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण शुरु भएको हो । वडा अध्यक्ष रिमबहादुर कटुवालले ठेकेदार कम्पनीले नयाँ भवन बनाउन पुरानो भत्काएर निर्माण सामग्री जुटाउन थालेको जानकारी दिनुभयो... पुरा पढ्नुहोस

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ... पुरा पढ्नुहोस

जेसिजका पदाधीकारीहरुलाई तालिम

म्याग्दी, २३ माघ । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जेसिजका पदाधीकारीहरुका लागि शनिबार तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय कानुनी सल्लाहकार सुदीप राजभण्डारी, म्याग्दी... पुरा पढ्नुहोस