म्याग्दी समाचार
राम्चेमा वडा कार्यालय भवन निर्माण शुरु
- 3 बर्ष, 3 महिना अगाडि
- ३० फाल्गुन २०७८, सोमबार
म्याग्दी, ३० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि २०७८ फागुन २७ गते... पुरा पढ्नुहोस
गुर्जामा नाचगान गरेर शिक्षकलाई तलब भत्ता
- 3 बर्ष, 3 महिना अगाडि
- ३० फाल्गुन २०७८, सोमबार
म्याग्दी ३० फागुन । धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने... पुरा पढ्नुहोस
बेनी नगरपालिका कार्यपालिका बैठक : बस्ती संरक्षणदेखि सडक स्तरोन्नतीको लागि बजेट विनियाेजन
- 3 बर्ष, 3 महिना अगाडि
- ३० फाल्गुन २०७८, सोमबार
https://www.youtube.com/watch?v=hgco7_Xyjs0 म्याग्दी ३० फागुन । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि रु १४ लाख बजेट विनियोजन भएको छ । सोमबार सम्पन्न बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गत असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको... पुरा पढ्नुहोस
म्याग्दीमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू
- 3 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २९ फागुन । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य... पुरा पढ्नुहोस
लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण
- 3 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई... पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया (तस्वीर र भिडियाे सहित)
- 3 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको... पुरा पढ्नुहोस
तीन महिने सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न
- 3 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम सुरु भएको थियो । आईतबार वडा कार्यालयमा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस
मुनामा आयुर्वेद स्वास्थ्य शिविर
- 3 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न
- 3 बर्ष, 3 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिड्सको सहयोगमा संरक्षक समाज म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको उक्त शिविरमा ५० जनाले सेवा लिएका छन् । बेनी अस्पताल परिसरमा आयोजित उक्त शिविरमा मानसिक रोगका विरामीहरुको स्वास्थ्य परिक्षण संगै औषधी वितरण समेत गरिएको थियो ।... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा सम्पन्न
- 3 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७८, शनिबार
बेनी २८ फागुन । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र... पुरा पढ्नुहोस