फगाममा सुन्तलाका विरुवाको व्यवसायिक खेती (फोटो फिचर)

  • १२ असार २०७९, आईतवार
  • 741 पटक पढिएको

म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका दुर्गादक्त सुवेदीले सुन्तलाको विरुवाको व्यावसायिक खेती गर्नुभएको छ । सुवेदीले स्थापना गर्नुभएको नर्सरीमा ११ हजार सुन्तला र ७ सय कागतीका विरुवा छन् ।

नर्सरीमा उत्पादन भएका विरुवाको बजारीकरणमा माग कम हुन थालेपछि समस्या भएको सुवेदीले बताउनुभयो । पछिल्लो समय जिल्लामा अनुदानमा फलफुलका विरुवा वितरण गर्ने निकायहरुले बाहिर जिल्लाबाट विरुवा खरिद गरेर ल्याउने प्रचलनले म्याग्दीका नर्सरी सञ्चालकहरु समस्यामा परेका छन् ।