उद्घोषण कलासम्बन्धी तालिम सम्पन्न

  • १४ असार २०७९, मंगलवार
  • 1140 पटक पढिएको

म्याग्दी, १४ असार । म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएबो थियो ।

तालिमको समापना कार्यक्रमको अवसरमा बोल्दै सहायक प्रजिअ अर्जुन शर्माले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताए । बेनी नगरपालिकाका शाखा अधिकृत यूवराज थापाले ब्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ती भएकाले निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताए ।

सोही अवसरमा ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताए । तालिमको अवसरमा सहभागीको तर्फबाट आषिश पौडेल, सोमप्रसाद सापकोटा,कृष्ण कुशुम चन्द शाहीले तालिमले नेतृत्व विकाससँगै क्षमता अभिवृद्धि र उद्घोषण कलामा ब्यापक सुधार आएको बताए । ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताए ।

तालिको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतमले गरेका थिए । तालिममा औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र भाषण कला,माइन्यूट लेखन लगायतका बारेमा जानकारी सहित माइकमा बोल्ने कलाको अभ्यास लगायत विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
तालिमको अध्यक्षता तालिम केन्द्रका प्रमुख सन्तोष पौडेल, स्वागत प्रशिक्षार्थी सुप्रेणा किसान र सञ्चालन प्रशिक्षार्थी सिता थापाले गरिन् । गत जेठ २९ गतेदेखि सुरू भएको तालिममा म्याग्दी र पर्वतका गरी २२ सहभागिको उपस्थिती रहेको थियो । तालिमको उद्घाटन बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठले गरेका थिए ।