विपन्न विरामीको उपचारमा गलेश्वरधाम आमा समूहको सहयोग
- १४ असार २०७९, मंगलवार
- 1023 पटक पढिएको
म्याग्दी १४ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले विपन्न परिवारका बालकको उपचारमा आर्थिक सहयोग गरेका छन् ।
स्थानीय राजकुमारी विकका छोरा राजकुमार विक टाउकोको समसयाले लामो समयदेखि उपचार गराउँदै आएको र आथिृक अभाबले उपचारमा समस्या भएपछि गलेश्वरधाम आमा समूहको नेतृत्वमा गलेश्वर बजारमा चन्दा संकलन गरी रु २९ हजार २० आर्थिक सहयोग जुटाइएको आमा समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिनुभयो । आमा समूहका अध्यक्ष फुलकुमारी रोकाको नेतृत्वमा गएको आमा समूहको टोलीले पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।