मकैबालीमा बाँदरको आतंक, खेतवारीमै छाप्रो हालेर मर्कै कुर्दै किसान (फोटो फिचर)

  • १२ असार २०७९, आईतवार
  • 903 पटक पढिएको

बेनी, १२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलमा बारीमा बाँदरको आतंकले मकै मासिन थालेपछि छाप्रो हालेर हेरालु बसेका स्थानीय किसान । गाउँ नजिकका जंगलमा बाँदरहरुको हुल बढेपछि खेतवारीमा लगाएको मकै जोगाउन स्थानीयलाई हम्मे हुन थालेको छ । विहानदेखि बेलुकिसम्म नै बाँदरका हुल गाउँमै पसेर खेतवारीको मकै खाने र नास गर्ने गरेको छ । खेतवारीको मकै जोगाउन स्थानीयले खेतवारीमै छाप्रो हालेर हेरालु बस्नुपर्ने बाध्यता आएको छ ।
तस्विर : कमल खत्री