म्याग्दी समाचार
म्याग्दीमा डढेलोको जोखिम बढ्यो : ‘मानवीय असावधानी प्रमुख कारण’
- 3 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७८, बिहीबार
बेनी, ३ चैत । म्याग्दीमा मानवीय लापरवाहको कारण वन डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदको सुख्खायाममा घाँस पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो । वन जंगलमा हुने आगलागीका घटनाले वनजंगल संगै, बन्यजन्तु, जडीबुटी र पर्यावरणमा ठुलो विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा... पुरा पढ्नुहोस
बेनीमा होलीको रौनक ( तस्विरमा)
- 3 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७८, बिहीबार
म्याग्दी,३ फागुन । म्याग्दीमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । जिल्लाको बेनी, रघुगंगा, मंगला, धवलागिरी, मालिका र अन्नपूर्णको केन्द्रदेखि गाउ–ँगाउँसम्म सर्वसाधारणले होली मनाएका छन् । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले एकआपसमा रङ, अबिर लगाईदिने, नाच गान र मिठो परिका बनाएर खवाउने गरेर हर्षोल्लासका साथ फागु पूर्णिमा... पुरा पढ्नुहोस
बेनीमा थकाली समुदायको ‘तोरनल्ह’ पर्व
- 3 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७८, बिहीबार
म्याग्दी, ३ चैत । म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायले तोरन ल्ह (फागु पूर्णिमा) पर्व बेनीमा मनाएका छन् । थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक बर्ष तीनदिनसम्म तोरन ल्ह पर्व मनाउने गर्छन । यस पर्वमा थकाली समुदायले पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने, आफन्तहरुलाई बोलाएर मिठो परिकारहरु खुवाउने र आर्चरी( तारो हान्ने)... पुरा पढ्नुहोस
गुराँससंग रमाउँदै विद्यार्थीहरु (फोटो फिचर)
- 3 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७८, बुधबार
म्याग्दी २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका विद्यार्थीहरु । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुँराले जंगल राताम्मे बनेका छन् । तस्वीर सौजन्य हेमा पुर्जा ,... पुरा पढ्नुहोस
बेनी अस्पतालको सेवा प्रभावित हुन नदिन सचेत छौ– अध्यक्ष सुवेदी
- 3 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७८, बुधबार
म्याग्दी, २ चैत । बेनी अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित हुन नदिनका साथै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिवद्ध रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । पछिल्लो समय बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिबीच बिवाद बढेको र त्यसको असर सेवा प्रवाहमा परेको भन्ने विषयमा राखिएको जिज्ञाशाप्रति अध्यक्ष... पुरा पढ्नुहोस
रघुगंगामा सामुहिक आलुखेती
- 3 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७८, बुधबार
म्याग्दी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा सामुहिक आलुखेती लागु गरिएको छ । रघुगंगाको बेग, भगवती, झिँ, पाखापानी र कुइनेमंगलेका कृषक समुहलाई अनुदानमा बीउ, मल र प्राविधि सहयोगमा सामुहिक आलुखेती गरेका छन् । कृषक समुहले कम्तिमा २ सय रोपनी जग्गामा लगाउने सम्झौतासहित पाचँ वटा ब्लक बनाएर गाउँपालिकाबाट सामुहिक आलु खेती... पुरा पढ्नुहोस
वन डढेलो सम्बन्धी जिल्ला स्तरिय गोष्ठी : मानवीय लापरबाहीले जोखिम बढ्यो
- 3 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७८, बुधबार
म्याग्दी १ चैत । म्याग्दीमा मानवीय लापरबाहीले डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदको सुख्खायाममा घाँस पलाउने बाहना र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो । अधिकाँश आगलागी मानवीय लापरबाहि र कमजोरीको कारण सिर्जित हुने गरेको भन्दै सरोकारवालाहरुले डढेलो लाग्नबाट पूर्वसतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । मंगलवार बेनीमा... पुरा पढ्नुहोस
सिंगामा महिलाहरुको क्षमता अभिवृद्धि कार्यक्रम
- 3 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७८, मंगलवार
म्याग्दी, १ चैत । बेनी नगरपालिका– ४ सिंगामा ‘महिलाहरुलाई क्षमता अभिवृद्धि’ कार्यक्रम गरिएको छ। वडाको समन्वय र ठुलोखोला महिला कृषक समुहको आयोजनामा सिंगास्थित हरियाली ग्रुपको सभाहलमा भएको महिलाहरुको क्षमता अभिवृद्धि कार्यक्रममा ६० जना भन्दा बढी महिलाहरुको सहभागितामा भएको थियो । कृषक समुह, आमासमुह लगायत क्षेत्रमा आवद्धता भएका महिलाहरुको उपस्थित रहेको... पुरा पढ्नुहोस
छात्रवासको जग्गा खरिद गर्न बरंजाबासीद्वारा रु २७ लाख वढि संकलन
- 3 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७८, मंगलवार
म्याग्दी, १ चैत । म्याग्दीको मंगला गाउँपालिका – ३ बरंजामा रहेको महेन्द्र रत्न माविको छात्रवास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयबासीले रु २७ लाख वढि रकम संकलन गरेका छन । २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरि देश विदेशमा संचालन गरिएको अभियानबाट रु २७ लाख... पुरा पढ्नुहोस
रत्नेचौर धार्मिक महोत्सवमा करिब ३२ लाख रुपैयाँ दान संकलन
- 3 बर्ष, 3 महिना अगाडि
- ३० फाल्गुन २०७८, सोमबार
म्याग्दी, ३० फागुन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार सम्पन्न धार्मिक महोत्सवमा करिब रु ३२ लाख आर्थिक संकलन भएको छ । रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा ३१ लाख ७० हजार १०३ बराबर दान संकलन... पुरा पढ्नुहोस