म्याग्दी समाचार

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

म्याग्दी २१ असोज । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित जमरा राखेर घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ... पुरा पढ्नुहोस

अस्पताल प्रशासनसंगको सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता

बेनी, २० असोज । बेनी अस्पतालमा कार्यरत कर्मचारीले साउन देखिको तलब नपाएपछि सुरु गरेको आन्दोलन फिर्ता भएको छ । अस्पताल ब्यवस्थापन समिति र अस्पताल प्रशासन वार्तामा तलव पाउने सहमती भएसंगै आन्दोलित बनेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन फिर्ता गरेका हुन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्दै... पुरा पढ्नुहोस

म्याग्दीमा विविध कार्यक्रम गरि प्रहरी दिवस मनाइयो (तस्बिर सहित)

म्याग्दी २० असोज । ६६ औँ प्रहरी दिवस म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशर्मी, दीपावली,छट पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो । दिवसको अवसरमा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम... पुरा पढ्नुहोस

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल चयन

  म्याग्दी, २० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन भएका छन् । असोज ९ गते भएको गण्डकी प्रदेशको सम्मेलनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अखिल क्रान्तिकारी गण्डकी प्रदेशको अध्यक्षका लागि नारायण बडालले आकांक्षा देखाएका थिए। तर, अन्तिममा पौडेलको नाममा... पुरा पढ्नुहोस

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, सेवाग्राही समस्यामा

म्याग्दी २० असोज । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । अस्पताल व्यवस्थापन समितिलाई दुई दिन अघि ४८ घण्ट अल्टिमेटम सहित... पुरा पढ्नुहोस

विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग

म्याग्दी, २० असोज । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक... पुरा पढ्नुहोस

हराएको ५२ बर्षपछि आफन्तको सम्पर्कमा थामडाँडाका गंगाबहादुर गुरुङ (तस्बिर र भिडियाे सहित)

  https://www.youtube.com/watch?v=iI11ctMibZY धिरन खत्री म्याग्दी १९ असोज । घरबाट हराएको ५२ बर्षपछि म्याग्दीका एक पुरुषको पारिवारीक पुनर्मिलन भएको छ । वि.स. २०२३ सालमा घरपरिवारको सम्पर्कबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ बर्षिय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) को मंगलवार मात्रै आफन्तसंग पुनर्मिलन भएको हो । वि.स. २००३ सालमा जन्मिएका गुरुङ तत्कालिन समयमा... पुरा पढ्नुहोस

मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य बढ्यो (फोटोफिचर )

  म्याग्दी, १९ असोज । दशैँलाई लक्षित गरि बजारमा ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेको छ । चाडपर्वको समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमाल पारिको जिल्ला मुस्ताङबाट ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेपछि सर्वसाधारणको लागि दशैँ खर्चिलो बन्ने भएको छ । गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको... पुरा पढ्नुहोस

विद्यालयलाई प्रविधिमैत्री बनाउन जलजला गाउँपालिकाद्वारा ल्यापटप र प्रिन्टर वितरण

  जलजला, १९ असोज । पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयहरूलाई ल्यापटप, फोटोकपी, प्रिन्टर लगायतका सामग्रीहरू वितरण गरेको हो । आधारभूत विद्यालयदेखि माविसम्मको विद्यालयहरूको लागि आई.सी.टी उपकरणहरू सहयोग गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।... पुरा पढ्नुहोस

सहमती कार्यान्वयनको लागि दबाब दिन नेकपाद्धारा प्रशासन कार्यालयमा धर्ना

म्याग्दी १८ असोज । नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग भएको तीन बुँदे सहमती यथाशीघ्र कार्यान्वयनको माग गर्दै दबाबमुलक आन्दोलन सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार नेकपा म्याग्दीले जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम म्याग्दी इन्चार्ज ध्रुव घिमिरेको नेतृत्वमा पार्टीका नेता... पुरा पढ्नुहोस