म्याग्दीमा छ हजार नागरिकता वितरण
- १० श्रावण २०७९, मंगलवार
- 899 पटक पढिएको
म्याग्दी १० साउन । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अङ्गिकृति नागरिकतासमेत लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नागरिकता र राहदानी लिनेको सङ्ख्या बढेको बताउनुभयो ।
