मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक

  • ११ श्रावण २०७९, बुधबार
  • 889 पटक पढिएको

 

म्याग्दी, ११ साउन । म्याग्दीको मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाईएको छ ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बुधबार सामािजक सञ्जाल सञ्चालन सम्वन्धमा सूचना जारी गर्दै गाउँ कार्यपालिका कार्यालय, स्वास्थ्य केन्द्र र एकाईका सबै कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ईस्टाग्राम, टिकटक, लगायतको सामाजिक सञ्जाल नचलाउन निर्देशन दिनुभएको हो ।

कार्यालय समयमा ब्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्ने, फोटो, भिडियो तथा विचार राख्ने जस्ता क्रियाकलाप नगर्न कर्मचारीलाई आग्रह गर्नुभएको थियो । कार्यालय समयमा कर्मचारीले सामाजिक सञ्जालमा फोटो, भिडियो र विचार प्रयोग गरेको विवरण सहितको गुनासो कार्यालयमा पुगेको थियो ।

यो सूचना प्रश्चात कार्यालय समयमा ब्यक्तिगत सामाजिक सञ्जालमा विभिन्न गतिविधि प्रकाशन भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।