म्याग्दीमा एसइई परिक्षा नतिजा, जिल्लाभरमा लिटल गार्डेन, सामुदायिकतर्फ प्रकाश मावि उतकृष्ट

  • १२ श्रावण २०७९, बिहीबार
  • 569 पटक पढिएको

बेनी, १२ साउन । बुधबार सार्वजनिक भएको एसईई परिक्षामा जिल्लाभरमै सदरमुकाम बेनीस्थित लिटील गार्डेन एकेडेमी प्रथम भएको छ भने सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविले उतकृष्ट नतिजा लिएका छन् ।

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सार्वजनिक नतिजा अनुसार साविक धवलागिरी अञ्चलनमा लिटील गार्डेन एकेडमीले प्रथम भएको दावि गरिरहेको छ । लिटील गार्डेन एकेडेमीका बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका छन् ।

सामुदायिक तर्फ उतकृष्ट नतिजा लिएको प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्लामा प्रथम र दृतीय भएका भएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले सार्वजनिक विवरण अनुसार यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीका ३२ जना विद्यार्थीहरुले ३.६ देखि ३.९५ जीपिए ल्याएका छन् । साधारणतर्फ म्याग्दीमा ८७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएको छन् । इकाईका अनुसार २.८ देखि ३.२ जिपिए ल्याउने २२२ जना र २.४ देखि २.८ जिपिए ल्याउने ५२२ जना, २.० देखि २.४ ल्याउने ६४३ जना रहेका छन् ।

१.६ देखि २.० जिपिए ल्याउने ४५६ जना, १.२ देखि १.६ जिपिए ल्याउने ११७ जना, ०.८ देखि १.२ जिपिए ल्याउने २ जना रहेका छन् । प्राविधिक धारतर्फ १३ जनाले ३.२ देखि ३.६ जिपिए, ४५ जनाले २.८ देखि ३.२ जिपिए, ५५ जनाले २.४ देखि २.८, १४ जनाले २.० देखि २.४ र एक जनाले १.६ देखि २.० जिपिए ल्याएका छन् ।

गत बैशाख ९ गतेदेखि २० गतेसम्म संचालन भएको एसइई परिक्षामा जिल्लाबाट २ हजार २४५ जना सहभागि भएका थिए । बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले जिल्लामै पहिलो पटक संस्केति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनीहरुले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।

उज्यालो बैकल्पिकबाट एसइईमा सहभागी पर्वत बेनीको ६२ बर्षीय रेणुदेवी मल्लले १.८६, ५१ बर्षीय योगमाया गौतमले १.५५ र ४३ बर्षीइ दिलशोभा पुनले २.१० जिपिएर ल्याएका छन् ।