नेकपा माओवादी केन्द्र गलकोट नगरको अध्यक्षमा रेग्मी चयन

  • १४ श्रावण २०७९, शनिबार
  • 595 पटक पढिएको

बागलुङ साउन १४ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ ।आज दरमखोला एग्रिकल्चर एण्ड अर्गानिक भान्साघर मजुवामा आयोजित बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो ।
जस अन्तर्गत नगर समितीको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु खत्री, गंगा भुजेल र कौशीला घर्ती मगर, सचिवमा भिम बहादुर विश्वकर्मा, सहसचिवमा सरस्वती कार्की र कोषाध्यक्षमा छुम बहादुर थापालाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले गलकोट नगरमा सचिवालय समिती समेत गठन गरेको छ सचिवालय समितीमा नगर समितीका पदाधिकारीहरु सहित २२ सदस्य रहेका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर समितीका उपाध्यक्ष विष्णु खत्री, पुर्व अध्यक्ष ललित श्रीस र गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समितीमा निर्वाचित हर्क पाण्डे, गलकोट नगर कार्यपालिकाको सदस्यमा निर्वाचित टीका सुवेदी र भिम विश्वकर्मालाई सम्मान गरिएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका उपाध्यक्ष गंगा भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । माओवादी केन्द्रले गलकोट नगरमा संगठन सुदृढिकरण, विस्तार आगामी कार्ययोजना लगायतका विषयमा अन्तरकृया समेत गरेको छ ।