म्याग्दी समाचार

लोकगायक गर्बुजाको ‘लाहुरे’ गितको म्युजिक भिडियो सार्वजनिक

  म्याग्दी, ३ वैशाख । लोकगायक खड्ग गर्बुजाकोे ठाडो भाकाको गीत ‘लाहुरे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन्। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मीएका गर्बुजाको गितमा ताकम घर भई हाल अमेरिका बस्ने राहुल केसी र कलाकार केकी... पुरा पढ्नुहोस

म्याग्दीमा स्थानीय तहको बेरुजु ४७ करोड ५० लाख

म्याग्दी, २ बैशाख । एक नगरपालिका र पाचँ गाउँपालिका सहित ६ स्थानीय तह रहेको म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो । सबै भन्दा बढी बेरुजु मालिका गाउँपालिकामा... पुरा पढ्नुहोस

अन्नपूर्णमा ‘अध्यक्ष कप’को उपाधी शिखलाई

  म्याग्दी, २ वैशाख । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत... पुरा पढ्नुहोस

बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन(फाेटाे फिचर)

म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो ।... पुरा पढ्नुहोस

प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)

बेनी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको... पुरा पढ्नुहोस

नेपाली नयाँ बर्ष २०८०: म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल

बेनी, १ वैशाख : म्याग्दीका पर्यटकीय स्थलहरु नेपाली नयाँ बर्ष वि.स. २०८० मनाउनका लागि आन्तरिक पर्यटकहरुले भरीभराउ बनेका छन् । विद्यालय तहको बार्षिक परिक्षा सकिएर विदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएको कारण जिल्लाका पर्यटकीय स्थलहरुमा नयाँ बर्षलाई उत्सवका रुपमा बनाउन आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । नयाँ... पुरा पढ्नुहोस

दलित मुक्ती मोर्चा गण्डकीको नयाँ नेतृत्व चयन

पोखरा, ३० चैत । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा गण्डकीको नयाँ नेतृत्व चयन भएको छ । पोखरामा बिहिबार सम्पन्न मोर्चाको प्रथम सम्मेलनबाट बागलुङका कुबिर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा म्याग्दीका पदम किसान, कास्कीका सरस्वती परियार, सचिवमा गोरखाका रमेशबाबु... पुरा पढ्नुहोस

सङ्घीयताले रोक्न सकेन बसाइँसराई

  म्याग्दी, ३० चैत । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजनाहरु गाउँ गाउँमा भित्रदा समेत बसाइँसराई बढ्दो क्रममा देखिएको छ । स्थानीय तहहरु कार्यान्वयनमा आएसंगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिचाई, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका पूर्वाधारहरु निर्माण हुने क्रम... पुरा पढ्नुहोस

ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ तिलकिनीमा अवस्थित ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन गरेको रु १० लाख बजेटबाट उक्त उद्यान निर्माण गरिएको हो । मन्दिर परिसरमा अप्ठ्यारो... पुरा पढ्नुहोस

बैशाख १ गते लामो झोलुङ्गे पुल र महादेव माविको भवनको उद्घाटन गरिने

म्याग्दी , ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका-१,बेगखोलामा निर्मित लामो र अग्लो झोलुङ्गे पुल र महादेव माविको पुननिर्मित भवनको नयाँ बर्षको दिन उद्घाटन गरिने भएको छ । बेग र बाँदुक गाउँ जोड्ने लम्वाई ३ सय ६५ दशमलब ८० मिटर छ भने अग्लो खोलादेखि १ सय ४८ मिटर पुल बैशाख १... पुरा पढ्नुहोस