बैसरीको बस्तीमा फेरी खस्न थाल्यो पहिरो

  • २ श्रावण २०८०, मंगलवार
  • 377 पटक पढिएको

 

म्याग्दी, २ साउन । रघुगंगा गाउँपालिका– २ बैसरीबासीलाई पुरानो पहिराकोे त्रास फेरी बल्झिएको छ। आठ बर्ष अघि पहिरोले घर पुुरिएको ठाउँमा नयाँ घर बनाएर बस्दै आउनुभएका सात घर परिवारलाई मंगलबार अन्नूर्ण गाउँपालिका– ८ राम्चेको भिरबाट खसेको सुख्खा पहिरोले भागाभाग बनाएको थियो ।


मंगलबार अकस्मात खसेको सुख्खा पहिरोले बेनी–जोमसोम सडक अन्तरगत पर्ने बैसरीमा बसोबास गर्दै आएका सात घर परिवारलाई भागाभाग बनाएको वडाअध्यक्ष अमृतबहादुर भण्डारीले बताउनुभयो ।

‘ आज एकपटक सुख्खा पहिरो खस्यो, अझै खस्ने जोखिम रहेको छ । बैसरीमा बसोबास गर्दै आउनुभएका घर परिवारले सतर्कता अपनाउनुपर्छ।’– वडाअध्यक्ष भण्डारीले भन्नुभयो । ‘ जुनसुकै बेला पहिरो खस्ने खतरा भिरमा देखिन्छ ।’

विसं २०७२ जेठ १० गते बैसरीमा सुक्खा पहिरो खस्दा  बैसरी र राम्चेका २७ घर, दुई वटा झोलुङ्गे पुल, डेढ किलोमिटर सडक पुरिनुका साथै १६ घन्टासम्म कालीगण्डकी नदी थुनिएको थियो । पहिरोका कारण घरबास गुमाएका बैसरीका केही परिवारले पहिरोमाथि घरहरु बनाएर बस्दै आउनुभएको थियो ।