म्याग्दीमा ६ हजार दुईसय हेक्टरमा र्सिचाई सुविधा

  • ४ श्रावण २०८०, बिहीबार
  • 300 पटक पढिएको

 

म्याग्दी, ४ साउन । म्याग्दीमा खेतीयोग्य जमिनमा विस्तार्रै िसचाई सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय खेतीयोग्य जमिनमा र्सिचाई सुविधा बढ्दै गएको हो ।

हिमाली जिल्ला म्याग्दीमा ७० प्रतिशत कृषकले आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । म्याग्दीमा ६ हजार २३२ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाई सुविधाका लागि र्सिचाई कुलो सुविधा पुगको खानेपानी, जलस्रोत तथा र्सिचाई विकास डिभिजन कार्यालय म्याग्दीका डिभिजन प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो ।


हिमाली जिल्ला म्याग्दीमा कुल जमिनको १८ हजार १५७ हेक्टर कृषि योग्य जमिन रहेको छ । जिल्ला कूल क्षेत्रफलको १८ हजार १५७ हेक्टर खेतीयोग्यमध्ये १२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको छैन् । “कार्यालयले गत आर्थिक बर्ष २०७९/०८० मा ८८ हेक्टर क्षेत्रफल सुविधा थपेको थियो । बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पुर्‍याउने प्रयास भइरहेको छ ।” डिभिजन प्रमुख पौडेलले भन्नुभयो । “कुल खेतीयोग्य जमिनमध्ये १२ हजार हेक्टरमा र्सिचाई सुविधा पुर्‍याउन बाँकी छ ।”

कार्यालयले चालू आर्थिक बर्षमा सिचाईका ३१ वटा सिचाई योजना सम्पन्न गर्दै ८८ हेक्टर जमिनमा र्सिचाई सुविधा पुर्‍याएको कार्यालयका सबईन्जिनियर अन्जन खत्रीले बताउनुभयो । “ चालुमा सात हजार ३३० मिटर पक्की नहर, १४ हजार ३१८ मिटर पाईप मार्फतको सिचाई योजना निर्माण गरिएको छ।” उहाँले भन्नुभयो । “जसबाट तीन हजार १५७ जना जनसंख्या लाभान्वित छन् ।”


र्सिचाई कुलो नहुदाँ आकाशे पानीको भरपर्दा असारमा रोप्नुपर्ने खेत साउनमा रोप्न बाध्य भएको रघुगंगा गाउँपालिका– २ कृषक रवि खत्रीले बताउनुभयो । उहाँले कृषिप्रधान देशमा कृषि क्षेत्रमा उत्पादन बढाउने किसिमले सिचाई, गुणस्तर विउविजन र बाह्ै महिना किसानलाई सहज रुपमा उपलब्ध हुने किसिमले तीन तहको सरकारले ध्यान दिन नसक्दा खेतीयोग्य जमि बाझो हुने क्रम बढेको उल्लेख गर्नुभयो ।

“जनप्रतिनिधिले सडक, भवन निर्माण क्षेत्रमा करोड/करोड बजेट विनियोजन गरेका छन् भने कृषितर्फ आवश्यक पर्ने सिचाई कुलो निर्माणमा थोरैपनि बजेट छुट्याउन सकेका छैनन् ।” – उहाँले भन्नुभयो । “खेतीयोग्य जमिनलाई बाँझो हुनबाट रोक्न म्याग्दीबाट निर्वाचित जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्छ ।”