बेनी पिस सिटीद्वारा गलेश्वर मन्दिर परिसरमा सरसफाई

  • २ श्रावण २०८०, मंगलवार
  • 263 पटक पढिएको

 

बेनी, २ साउन । लायन्स क्लब अफ बेनी पिस सिटीद्वारा बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई गरेको छ।


मंगलबार सिटीका अध्यक्ष सन्दि खत्रीको नेतृत्वमा गएको ११ जनाको टोलीले मन्दिर परिसर क्षेत्रको सरसफाई गरेको हो ।

साउन महिनाको पहिलो सोमबार मन्दिर दर्शन गर्न आएका भक्तजनले पुजाआजा गर्दा गरेको फोहोरलाई करिव साढे दुईघण्टा लगाएर ब्यवस्थापन गरिएको सरसफाईका संयोजक दुर्गा बुढामगरले जानकारी दिनुभयो ।