गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग

  • २ श्रावण २०८०, मंगलवार
  • 295 पटक पढिएको

बेनी, २ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । बेनी बजारका व्यवसायि लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो ।
मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रममा सहयोगदाता घिमिरेले गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी मार्फत आमा समूहका अध्यक्ष फुलकुमारी रोकालाई उक्त कुर्चि हस्तान्तरण गर्नुभएको थियो । अगरबत्तिको आधिकारीक विक्रेता समेत रहनुभएका व्यवसायि घिमिरेले व्यापार व्यवसायबाट भएको आम्दानीको केहि हिस्सा सामाजिक उत्तरदायित्वको क्षेत्रमा परिचालन गर्ने उदेश्यले आमा समूहलाई कुर्चि सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन र आमा समूहका अध्यक्ष रोकाले व्यवसायि घिमिरेले उपलब्ध गराएका कुर्तिहरु आमा समूहसंगै गलेश्वर क्षेत्रका सामाजिक कार्यमा उपयोगी हुने बताउँदे सहयोगदातालाइृ धन्यबाद ज्ञापन गर्नुभएको थियो । आमा समूहका सल्लाहकार रविना भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिब निसा जिसी महतले गर्नुभएको थियो ।