म्याग्दी समाचार

प्रकृतिलाई खुसी बनाउन भुमे पुजाको रौनक

बेनी, २२ चैत । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्तीहरु मौलिक साँस्कृतिक उत्सवमय भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, बाँदुक, वडा नम्बर ७ चिमखोला, अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले लगायतका स्थानमा मंगलवार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक बर्ष चैत महिनाको उजेली... पुरा पढ्नुहोस

शिक्षकहरुको लागि वालअधिकार तथा भित्ते पत्रिकासम्वन्धी २ दिने तालिम

म्याग्दी २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ३ मुना मा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको लागि २ दिने वालअधिकार, वाल क्लव व्यवस्थापन र भित्ते पत्रिका प्रकाशन सम्वन्धि तालिम सम्पन्न भएको छ। उक्त तालिममा धवलागिरि गाँउपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र मालिका गाउँपालिकाका ६ जना गरी कुल २१ जना... पुरा पढ्नुहोस

म्याग्दीमा विविध कार्यक्रम मनाईयो ६६ औँ राष्ट्रिय सहकारी दिवस

म्याग्दी २० चैत । ६६ औँ राष्ट्रिय सहकारी दिवस–२०७९ म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला सहकारी संघ म्याग्दीले बेनीमा प्रभातफेरी सहित दिवस मनाएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी पश्चात आयोजित मुल समारोहमा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मी, सरोकारवाला र राज्य गम्भिर बन्नुपर्नेमा जोड... पुरा पढ्नुहोस

बेनी बचत सहकारीद्वारा स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग हस्तान्तरण

म्याग्दी २० चैत । ६६ औँ राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा म्याग्दीको बेनीमा संचालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ । सोमवार नेपाल भाषा मंकाःखलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका शेयर सदस्य, तथा ग्राहकहरुलाई समेत लक्षित गरि प्रेसर,... पुरा पढ्नुहोस

पात्लेखर्कमा चट्याङ लागेर तिर्थयात्री भवन भत्कियो, खेलमैदानमा समेत क्षति

म्याग्दी २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कमा चट्याङ लागेर तिर्थयात्री भवन पूर्ण रुपमा क्षति भएको छ । प्रसिद्ध धार्मिक स्थल रिखार जाने तिर्थयात्रीहरुलाई लक्षित गरि पात्लेखर्कमा निर्माण गरिएको तिर्थयात्री भवन चट्याङ लागेर पूर्ण रुपमा क्षति भएको सप्तऋषि रिखार युवा क्लबका अध्यक्ष विवश फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार, भवन... पुरा पढ्नुहोस

जनभेटघाटमा सांसद जुग्जाली

निस्कोट, २० चैत । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ । केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भेटघाटका लागि गाउँ पुग्नुभएको हो... पुरा पढ्नुहोस

कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण

  म्याग्दी, १९ फागुन । म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हँुदै... पुरा पढ्नुहोस

राममन्दिरलाई नदि कटानबाट रोक्न तटबन्ध गरिँदै (तस्बिर)

बेनी १९ चैत : पर्वतको जलजला गाउँपालिका–२ स्थित कालीगण्डकी र राहुघाट नदीको संगमस्थलमा अवस्थित राममन्दिरलाई नदीकटानबाट जोगाउन पक्की पर्खाल निर्माण गरेर तटबन्ध गरिँदै । तस्बिरः कमल खत्री – – – पुरा पढ्नुहोस

पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

मिर्गौला पीडित रिता गर्वुजाको उपचारार्थ सहयोगको अपिल

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी मिर्गौला पीडित रिता गर्वुजा पुर्जाको उपचारार्थ आर्थिक सहयोगको लागि आफन्तले अपिल गरेका छन् । आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि.मा उपचाररत २९ बर्षिय पुर्जाको मिर्गौला पत्यारोपण गर्नुपर्ने भएकाले पुर्जाका घरपरिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । घरपरिवारको आर्थिक अवस्था कमजोर... पुरा पढ्नुहोस