घाईते जीप चालकको उपचारमा सघाउन सांसद भण्डारीको माग

  • ३१ श्रावण २०८०, बुधबार
  • 279 पटक पढिएको

म्याग्दी, ३१ साउन । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले पहिरोबाट खसेको ढुङ्गा लागेर घाईते भएका जीप चालकको उपचारमा सघाउन सरकारसंग माग गर्नुभएको छ ।

बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरीस्थित अधेरीखोलाको पहिरोबाट खसेकोे ढुङ्गाले गुडीरहेको बोलेरो जीप मािथ लाग्दा घाईते हुनुभएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० बर्षिय लुकजन शेरपुञ्जाको उपचारमा सघाउन प्रदेश सरकारसंग माग गर्नुभएको हो ।

गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै म्याग्दी प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित सांसद भण्डारीले बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ महभिर जादै गरेको ग १ ज ६८२० नम्बरको जीपमाथि खसेको पहिरोसंगै ढुङ्गा लागेर घाईते भएका चालक शेरपुञ्जाको उपचार मणिपाल शिक्षण अस्पताल पोखरामा भईरहेको जानकारी बैठकमा गराउनुभएको थियो ।

उहाँले अबरुद्ध बेनी–जोमसोम सडक खुलाउन, बैसरी अधेरीखोलाको पहिरोबाट दिर्घकालिन समाधान गर्न र घमाउनेताल– पिप्ले – रानीपौवा– रिसिनचौतारी–माछखर्क– बेगखोला जोड्ने बैकल्पिक सडक मर्मत गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।