म्याग्दी समाचार
अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
- 2 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७९, शनिबार
बेनी, २७ फागुन । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको... पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा विजय घर्तीमगर
- 2 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७९, शनिबार
बेनी, २७ फागुन । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११ औं जिल्ला अधिवेशनबाट धवलागिरी गाउँपालिका–४ मुदीका विजय घर्तीमगर अध्यक्षमा चयन भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रदिप तिलिजा, सचिवमा सुशान किसान, सहसचिवमा सौगात गुरुङ र गौरी गर्वुजा र कोषाध्यक्षमा प्रतिश श्रेष्ठ चयन भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय... पुरा पढ्नुहोस
मोना कतारको नयाँ नेतृत्व : अध्यक्षमा राजु पौडेल चयन
- 2 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७९, शनिबार
म्याग्दी २७ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको एघारौ अधिवेशनबाट राजु पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी प्रथम उपाध्यक्ष हेम बानियाँ,महासचिब भुमिसोर सापकोटा,सचिव गृह प्रसाद (कृष्ण) शर्मा, कोषाध्यक्ष सुमन घर्ती, सह–कोषाध्यक्ष याममया रोका... पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २६ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी, २६ फागुन । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो । शनिबारसम्म संचालन हुने अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ... पुरा पढ्नुहोस
मासिँदै सिमल, लोप हुँदै गिद्ध
- 2 बर्ष, 4 महिना अगाडि
- २६ फाल्गुन २०७९, शुक्रबार
गलेश्वर, २६ फागुन । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि... पुरा पढ्नुहोस
सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु
- 2 बर्ष, 4 महिना अगाडि
- २६ फाल्गुन २०७९, शुक्रबार
बागलुङ २६ फागुन । बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको... पुरा पढ्नुहोस
कृषि तथा पशु प्राविधिकलाई अभिमुखीकरण
- 2 बर्ष, 4 महिना अगाडि
- २६ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी, २६ फागुन । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा जिल्लास्तरका कृषि तथा पशु सेवाका प्राविधिकलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ। जिल्लाभित्रका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कृषि र पशु सम्वन्धीबारे प्राविधिक ज्ञान उपलब्ध गराउन शुक्रबार केन्द्रको सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो। कृषि अनुसन्धान निर्देशानलय लुम्लेका कार्यरत डाक्टर... पुरा पढ्नुहोस
स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि भगवतीमा निशुल्क शिविर, २६७ जना लाभान्वित
- 2 बर्ष, 4 महिना अगाडि
- २५ फाल्गुन २०७९, बिहीबार
भगवती, २५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। मोना आईईसीको आयोजना दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका छन् । महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर... पुरा पढ्नुहोस
बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद
- 2 बर्ष, 4 महिना अगाडि
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको रघुगंगा गाउँपालिका–७... पुरा पढ्नुहोस
निःशुल्क आँखा जाँच शिबिरबाट पाँच सय बढी लाभान्वित
- 2 बर्ष, 4 महिना अगाडि
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन : म्याग्दीको मंगला गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट पाँच सय बढी लाभान्वित बनेका छन् । मंगलवार र बुधवार गरि दुई दिनसम्म मंगला गाउँपालिका–१ कुहँु र ३ नम्बर वडा बरंजामा सञ्चालन गरिएको शिविरबाट पाँच सय पाँच जनाको आँखा परिक्षण गरिएको हो । मंगला गाउँपालिकाको सहयोगमा नेपाल नेत्र... पुरा पढ्नुहोस