सुन्तलाका बोटहरुले भरिएको मरेक गाउँ (फोटोफिचर)

  • ३१ श्रावण २०८०, बुधबार
  • धिरन खत्री
  • 279 पटक पढिएको

 

म्याग्दी, ३१ साउन । सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको बेनी नगरपालिका वडानम्वर ३ को मरेक गाउँ । सानो गाउँ मरेक, पछिल्लो समय सुन्तलाले भरिएको छ। यस गाउँलाई उत्पादनको हिसाबले सुन्तला गाउँको रुपमा परिचित छ । वडानम्वर ३ भकिम्लीको राखु, मरेक र बालम गाउँ सुन्तलाको पकेट क्षेत्रमा चिनिएको छन्।

परम्परागत घरसंगै सुन्तलाको बोटले भरिएको मरेक गाउँलाई वरीपरिको बस्तीबाट हेर्दा पुगौँ,पुगौँ लाग्छ । यस गाउँमा ब्यवसायीक सुन्तला खेतीले परम्परागत खेतीलाई विस्तापित गरेको छ ।

अहिले मरेक र बालम गाउँमा २२ घरधुरीमा करिव १४ हजार सुन्तलाका बोट रहेको मरेकका सुन्तला कृषक बिरबहादुर थापाले बताउनुभयो ।

बेनी नगरपालिका क्षेत्रमा सुन्तला उत्पादनको पकेट क्षेत्रमध्ये नगरको वडानम्वर ३ को राखु, मरेक र बालम पर्छन भने वडानम्वर ४ को बास्कुना र थामडाँडा रहेका छन् । यहाँ उत्पादन भएको सुन्तला स्वादिलो हुनेभएकोले ब्यापारीहरु मंसिर पुषमा बोटमै खरिद गर्न पुग्छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l