घोडेपानीमा मगर जीवनशैली र संस्कृति झल्कने सङ्ग्रहालय

  • ३२ श्रावण २०८०, बिहीबार
  • धिरन खत्री
  • 328 पटक पढिएको

 

म्याग्दी,३२ साउन । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीमा मगर संस्कृति र जीवनशैली झल्कने मगर सङ्ग्रहालय रहेको छ। प्रसिद्ध पर्यटकिस्थल पुनहिलमा आउने पर्यटकलाई लक्षित गरेर घोडेपानीका होटल ब्यवसायी मिलेर सङ्ग्रहालय स्थापना गरिएको हो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६घोडेपानीका होटल ब्यवसायी आमाहरुद्वारा संचालित गरिएको सङ्ग्रहालयमा मगर जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, कृषि औजार, पुराना सिक्का, रुपैयाँ, भाङ्ग्रा, पुराना बाबु बाजेले प्रयोग गर्दै आएको मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडालगायत मगर जातिले परम्परादेखि प्रयोग गर्दै आएका सम्पूर्ण सामग्री राखिएका छन् ।

सङ्ग्रहालयमा मगर समुदायको जन्मदेखि मृत्युसम्मका दैनिक जीवनमा प्रयोग हुने सामानहरूको संरक्षण गरेर राखिएको घोरेपानी होटल ब्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले बताउनुभयो। ‘मगर समुदायको जातीय पहिचान र परम्परागत सस्कृति सामाग्री र औजार सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।’ पर्यटकियस्थल पुनहिलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर घोडेपानीमा सुविधासम्पन्न होटलहरु विस्तार भएका छन् ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l