म्याग्दी समाचार

कर्मचारी आन्दोलनमाः म्याग्दीका पालिकाको काम ठप्प

बेनी, २६ असोज ः सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि म्याग्दीका पालिकाका कामकाज ठप्प भएका छन्। उक्त ऐनमार्फत सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले पेन डाउन गरेका छन् । काठमाण्डौमा धर्ना... पुरा पढ्नुहोस

बेनीमा २० युनिट रगत संकलन

म्याग्दी, २५ असोज । प्रवासमा रहेका म्याग्देलीले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ । सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बिहिबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले पहिलो रक्तदाता मोना कतारका प्रमुख संरक्षक... पुरा पढ्नुहोस

मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

  म्याग्दी, २५ असोज । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा उपाधी जितेका हुन् । भलिबलप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा बिहिबार भएको... पुरा पढ्नुहोस

मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिम चरणमा

बेनी, २५ असोज ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको बेनीमा हुने पाँचौ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा आजा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर छन्त्यालले पाँचौ महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो । असोज २६ गते (शुक्रबार) बेनीको... पुरा पढ्नुहोस

मोना कप भलिबल : पुरुषतर्फ मंगला, महिलातर्फ अन्नपूर्ण र मालिका फाईनलमा प्रवेश 

बेनी, २४ असोज। सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा संचालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मंगला गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । भलिप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा भएको सेमिफाईनलमा रघुगंगा गाउँपालिकालाई २... पुरा पढ्नुहोस

बेनी बजारको सडक फराकिलो बन्दै

म्याग्दी, २४ असोज । घना बस्ती र अतिक्रमणको कारण साघुरो बनेका बेनी बजारका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । सडकलाई अतिक्रमण गरेर ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने पेटी र सिँढी लगायतका पूर्वाधार बनेपछि बेनी बजारभित्रका सडक साँघुरा बनेका थिए । सडकमा दोहोरो सवारी आवागमन हुन नसक्ने अवस्था आएपछि बजार... पुरा पढ्नुहोस

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा... पुरा पढ्नुहोस

म्याग्दी नदिमा बनेको झोलुङ्गे पुलको उद्घाटन

बेनी २३ असोज । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण... पुरा पढ्नुहोस

चाडपर्वलाई लक्षित गरेर बनाईएका झिलिङ्गा

  म्याग्दी, २३ असोज । बेनी नगरपालिका– ७, विरेन्द्रचोकमा दशै पर्वलाई लक्षित गरेर बनाईएर सुकाईएका झिलिङ्गा । पछिल्लो समय महिलाहरुले झिलिङ्गा उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् । दशैँ तिहारको समयमा बढी बिक्री हुने झिलिङ्गा बनाउन बेनी बस्दै आएका सिरु पुन र जुना रोका झिलिङ्गा उत्पादन ब्यस्त छन् । बजारमा... पुरा पढ्नुहोस

अन्नपर्ण– ७ मा माओवादीको वडा कमिटी गठन

  म्याग्दी, २३ असोज । अन्नपूर्ण गाउँपालिकामा पुरानै पाटी नेकपा (माओवादी केन्द्र)मा कार्यकर्ता फर्किने लहर बढेको छ । मंगलबार अन्नपूर्ण गाँपालिका– ७ दोसल्लेमा भएको कार्यक्रममा कांग्रेस र एमाले पाटी परित्याग गरी पुरानै पाटी माओवादीमा नेता तथा कार्यकर्ता फर्किनुभएको हो । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत... पुरा पढ्नुहोस