बेनीमा धारिलो हतियार प्रहार गरेर युवाको हत्या

  • ११ माघ २०८०, बिहीबार
  • 8613 पटक पढिएको

म्याग्दी, ११ माघ : म्याग्दीको बेनी बजारमा बिहिबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या भएको छ । न्यूरोड स्थित कामना डेभलपमेन्ट बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएका दुई समूहबिच भएको झगडामा धारिलो हतियार प्रहार भएपछि सक्त घाईते भएका रघुगंगा गाउँपालिका–१ बेगका शुशिल गर्बुजाको उपचारको क्रममा मृत्यु भएको हो ।
छाती र टाउकोमा गम्भीर चोट लागेर शक्त घाईते भएका २२ बर्षिय गर्वुजालाई उपचारको लागि बेनी अस्पतालमा पु¥याईएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्वुजा बेनी नगरपालिका–८ पिपलचोकमा अस्थायी रुपमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।

मृतकको टाउको र छातीमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान कार्य एकै साथ भइरहेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताउनुभयो । घटनामा संलग्न भएका युवाहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।