मुलुक
दसैंको नवमी, दशमी र एकादशीमा देशभर ठूलो पानी पर्ने
- 2 बर्ष, 8 महिना अगाडि
- १५ आश्विन २०७९, शनिबार
काठमाडौं, १५ असोज । यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको हो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो... पुरा पढ्नुहोस
दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड
- 2 बर्ष, 8 महिना अगाडि
- १४ आश्विन २०७९, शुक्रबार
गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका... पुरा पढ्नुहोस
दसैँलाई सहकारीका खसीबोका
- 2 बर्ष, 8 महिना अगाडि
- १४ आश्विन २०७९, शुक्रबार
[caption id="attachment_40048" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बलेवा, १४ असोज । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी ९च्याङ्ग्रा० किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने... पुरा पढ्नुहोस
‘धौनिढोका’ प्रवद्र्धनमा साइकल यात्रा
- 2 बर्ष, 8 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
बागलुङ १२ असाेज । विश्व पर्यटन दिवसका अवसरमा ‘धौनिढोका’ प्रवद्र्धनमा पर्यटन अभियन्ता कृष्ण केसीले ६ दिनको साइकल यात्रा सम्पन्न गर्नुभएको छ । सगरमाथा आरोहीसमेत रहनुभएका केसीले यही असोज ६ गते पोखराको बेगनास तालबाट सुरु गरेको यात्रा मङ्गलबार बागलुङको ढोरपाटन पुगेर विश्व पर्यटन दिवसको दिनमा समापन गर्नुभएको छ । पोखरालाई बागलुङको... पुरा पढ्नुहोस
प्लाष्टिक झोलाको विकल्पमा पाँच किलोग्राम अट्ने कार्टुन
- 2 बर्ष, 8 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
मुस्ताङ १२ असोज । घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो । किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो... पुरा पढ्नुहोस
राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क
- 2 बर्ष, 8 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
कुश्मा, ११ असोज : कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग... पुरा पढ्नुहोस
चौतारी संरक्षणमा जुट्दै म्याग्दीका स्थानीय तह र समुदाय
- 2 बर्ष, 8 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असाेज । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको... पुरा पढ्नुहोस
बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे
- 2 बर्ष, 8 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
काठमाण्डाै १० असाेज । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न,सदस्यहरुलाई १० प्रतिशत लाभाँश प्रदान गर्ने
- 2 बर्ष, 8 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
काठमाण्डाै ८ असाेज । राजधानीमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा आज राजधानीको सामाखुशीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नु भएको थियो । संस्थाले आर्थिक वर्ष २०७८/७९... पुरा पढ्नुहोस
म्याग्दीमा एम्बुलेन्सको अवस्था : विरामी बोक्ने एम्बुलेन्स नै थन्किए
- 2 बर्ष, 8 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
म्याग्दी, ८ असोज । विरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्सको उपयुक्त व्यवस्थापन र सञ्चालनको अभाबमा एम्बुलेन्सहरु नै थलिएर थन्काउनुपर्ने अवस्था आएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी अस्पताल परिसरमा दुई वटा एम्बुलेन्स अहिले मर्मत सम्भारको अभाबले जिर्ण बनेर थन्किएका छन् । एकातर्फ एम्बुलेन्स नै आफै थलिएर... पुरा पढ्नुहोस