रूपन्देही-१ बाट घनश्याम भुसाल स्वतन्त्र उम्मेदवार हुने,सत्ता गठवन्धनले समर्थन गर्ने

  • २३ आश्विन २०७९, आईतवार
  • 411 पटक पढिएको

काठमाण्डौ २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।

उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए।उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्।

सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको थियो।