मुस्ताङमा पूर्व मन्त्री गौचनले छोरालाई बनाए उम्मेदवार

  • २३ आश्विन २०७९, आईतवार
  • 391 पटक पढिएको

म्याग्दी , २३ असोज । हिमाल पारिको जिल्ला मुस्ताङमा पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन थकालीले प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांगे्रसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका पूर्व मन्त्री गौचन २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने एमालेका उम्मेदवारसंग झिनो मतान्तरले पराजित भएका थिए ।
यसपटक भने पूर्व मन्त्री गौचनले आफु नउठी आफ्नै छोरालाई राजनीतिमा होमाएका हुन । मुस्ताङको थासाङ–३ लेते कालोपानी घर भएका गौचनले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन । मुस्ताङमा प्रतिनिधिसभामा एमालेबाट निवर्तमान सांसद प्रेमप्रसाद तुलाचन र प्रदेशतर्फ कमा ईन्द्रधारा बिष्ट र ख मा चन्द्रमोहन गौचनले मनोनयन दर्ता गरेका छन् ।
प्रदेशतर्फ काँग्रेसबाट क मा उपल्लो मुस्ताङ किमलिङका नम्बु गुरुङ र प्रदेश ख तर्फ घरपझोङ–४ जोमसोमका सामाजिक अभियान्ता विकल शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले प्रतिनिधि सभा सदस्यतर्फ मानबहादु विक र प्रदेशसभा ख तर्फ राप्रपा मुस्ताङका पार्टी अध्यक्ष गुञ्ज हिराचनलाई उम्मेदवार बनाएको छ । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका मुस्ताङ जिल्ला अध्यक्ष सुदेश गुरुङले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् ।